काठमाडौं, ७ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज हान्जाउबाट राजधानी बेइजिङ जाँदै छन् ।
चीन भ्रमणमा रहेका प्रधानमन्त्री दाहाल आज बिहान ९ बजे बेइजिङका लागि प्रस्थान गर्दैछन् । ११ बजे बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा दाहाललाई चिनियाँ मन्त्रीले स्वागत गर्ने कार्यक्रम रहेको छ । विमानस्थलबाट उनी बेइजिङस्थित स्टेट गेष्ट हाउसमा प्रस्थान गर्ने छन् ।
आज अपराह्न ४ बजे नेपाल–चीन बिजनेस समिटमा प्रधानमन्त्री प्रचण्ड सहभागी हुने छन् । उक्त समिटलाई प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्नेछन् ।




