प्रधानमन्त्री दाहाल तिब्बतको ल्हासामा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

प्रधानमन्त्री दाहाल तिब्बतको ल्हासामा

काठमाडौं, १० असोज । चीन भ्रमणमा रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासा पुगेका छन् । चीनको छिङछोङ शहरबाट ल्हासाका लागि त्यसतर्फ प्रस्थान गर्नेछन । स्थानीय समयअनुसार आज दिउँसो ल्हासाको गोन्गार विमानस्थल पुग्ने कार्यक्रम छ ।

प्रधानमन्त्री प्रचण्ड ल्हासास्थित नेपाल महावाणिज्यदूतको कार्यालयमा दिउँसो आयोजना हुने अन्तरक्रिया कार्यक्रममा सहभागी हुनुहुनेछ । प्रधानमन्त्री प्रचण्डले आजै तिब्बतको पोताला दरबार र जोखाङ मन्दिरको भ्रमण गर्ने कार्यक्रम छ।

साथै चिनियाँ कम्युनिष्ट पार्टीको सिचाङ स्वशासित क्षेत्रका सचिव वाङ जुनचेङसँग द्विपक्षीय भेटवार्ता गरेर प्रचण्ड आज ल्हासामा नै बस्ने कार्यक्रम छ । तिब्बतमा रहँदा प्रधानमन्त्री प्रचण्डले मौसमले साथ दिएमा कैलाश मानसरोवर ताल एवं कैलाश पर्वतको भ्रमण समेत गर्ने कार्यक्रम छ । प्रधानमन्त्रीको साथमा परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, खानेपानीमन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधार एवं यातायातमन्त्री प्रकाश ज्वालालगायत हुनुहुन्छ ।

यसअघि प्रधानमन्त्री प्रचण्ड मंगलबार बेइजिङबाट छिङछोङ शहर पुग्नु भएको थियो । उहाँले चिनिया कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्यसँग भेटवार्ताका साथै कृषिका क्षेत्रमा यस छिङछोङ महानगरले गरेका कामबारे जानकारी लिनु भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);