पर्यटन बोर्डभित्रका खुम्लेकिराले पर्यटन क्षेत्रको विकास गर्न दिएनन् : मन्त्री किराँती | ईमाउण्टेन समाचार

Our Network

मंसिर २१ २०८०, बिहीबार

पर्यटन बोर्डभित्रका खुम्लेकिराले पर्यटन क्षेत्रको विकास गर्न दिएनन् : मन्त्री किराँती

काठमाडौं, १० असोज । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले पर्यटन बोर्डभित्र खुम्लेकिरा रहेको टिप्पणी गर्नुभएको छ ।

बुधवार पर्यटन दिवसको अवसरमा ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पर्यटन बोर्डभित्र खुम्लेकिरा भएका कारण पर्यटन क्षेत्र चलायमान बन्न नसकेको बताउनुभएको हो । उहाँले पर्यटन बोर्डलाई सक्रिय बनाएर पर्यटन प्रवद्र्धनको निम्ति अघि बढ्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले कालोसूचिलाई हटाएर पर्यटकलाई विश्वसनियता बनाउनको निम्ति काम गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो । उहाँले हवाई क्षेत्रमा अझै नीतिगत र संरचनागत सुधार गर्दै निगमलाई अघि बढाउने कोशिस भइरहेको बताउनु भयो । उहाँले निगमद्वारा जहाज खरिद गर्ने अन्तिम चरणतिर रहेको पनि बताउनु भयो । उहाँले धेरै भन्दा धेरै पर्यटक ल्याउने उद्देश्यले जहाज खरिदको प्रक्रिया अघि बढाएको भन्दै जहाज खरिदको विषयमा नकारात्मक ढंगले टिप्पणी गर्नेहरु देशभक्त हुन नसक्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो देशको आकाशको कालोसूचिलाई हटाएर पर्यटकलाई विश्वसनियता बनाउनको निम्ति केही कदमहरु हामीले उठाइसकेका छाँै । हामी छिटै परिणाममा पुग्नेछौँ । हामीले हवाई क्षेत्रमा अझै नीतिगत र संरचनागत सुधार गर्दै निगमलाई अघि बढाउने कोशिस गरिरहेका छौँ । निगमद्वारा हामी जहाज खरिद गर्ने अन्तिम चरणतिर छौँ । पर्यटनको निम्ति जहाज हो, जुन देश समुन्द्रसँग जोडिएको छैन, त्यो देशको जहाज मेरुदण्ड हो । हामीले ताप्लेजुङमा फलेको किभीलाई हाम्रो जहाजले विराटनगरमा झारेर विराटनगरबाट काठमाडौं ट्रान्जिट गरेर दुबई किन नपठाउने ? हामीले बजारमा व्यापक रुपमा देखिएको विसंगतिमाथि हस्तक्षेप गर्ने उद्देश्यले धेरै भन्दा धेरै पर्यटक ल्याउने उद्देश्यले जहाज खरिदको प्रक्रियामा अघि बढेका छाँ । जसले जहाज खरिदको विषयमा पनि नकारात्मक ढंगले टिप्पणी गर्छ, तर हामी पारदर्शी ढंगले किन्नेछौँ । त्यहाँ कुनै भ्रष्टाचारको भ जोडिने छैन । देशभक्त हुन के ठिक र के बेठिक हो भन्ने छुट्याउनुपर्ने बेला भएको छ । हामीले हाम्रो देशको ऐनलाई सच्याउन आवश्यक छ । यो पनि हाम्रो चुनौति हो । हामीले अहिलेसम्म हाम्रो देशमा संस्कृति ऐन बनाउन सकेका छैनौँ । हामीले ३५ सालको पर्यटन ऐन बोकेर बसेका छौँ । पर्यटन बोर्डलाई अब सक्रिय बनाएर लैजानु छ । हुनत त्यहाँभित्र खुम्लेकिराहरु छन् । हामी पर्यटन बोर्डलाई सक्रिय बनाएर पर्यटन प्रवद्र्धनको निम्ति अघि बढ्नेछौँ ।’

पर्यटन ऐन नहुँदा पर्यटन क्षेत्रमा समस्या थपिएको बताउनु भयो ।

 

Leave a Reply