राजतन्त्रकालिन पर्यटन ऐनले वर्तमान पर्यटन क्षेत्रको नेतृत्व गर्न सक्दैनः मन्त्री किराँती | ईमाउण्टेन समाचार

Our Network

जेठ ३ २०८१, बिहीबार

राजतन्त्रकालिन पर्यटन ऐनले वर्तमान पर्यटन क्षेत्रको नेतृत्व गर्न सक्दैनः मन्त्री किराँती

काठमाण्डौ, १८
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले राजतन्त्रकालिन पर्यटन ऐनले वर्तमान पर्यटन क्षेत्रको नेतृत्व गर्न नसक्ने बताउनुभएको छ । सोमवार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठकमा बोल्दै मन्त्री किराँतीले यस्तो बताउनुभएको हो । उहाँले वर्तमान पर्यटन ऐन, २०३५ सालको ऐन रहेको भन्दै उक्त ऐनलाई वर्तमान आवश्यकता अनुसार संशोधन गर्न सरकार लागेको बताउनु भयो । उहाँले सरकारले पर्यटन ऐनलाई समय सापेक्ष बनाउने गरी काम गरिरहेको बताउनु भयो ।

मन्त्री किराँतीले पर्वतारोहणको क्षेत्रको विकासका लागि ८ हजार मिटर उचाईबाट प्याराग्लाइडिङ गर्न सकिने सहितको पर्यटन नियमावलीमा व्यवस्था राखेर पर्वतारोहण सम्बन्धी नियमावली संशोधन गर्न लागेको बताउनु भयो । उहाँले पर्यटन नियमावली संशोधन गरेर ग्लाइडरका लागि सहज बनाउने बताउनु भयो । उहाँले पर्वतारोहण नियमावली संशोधन गर्दा ८ हजार मिटर माथिको उचाईबाट प्याराग्लाइडिङ गर्दा सगरमाथाको महत्व घट्ने विषयमा पनि सचेत रहेको बताउनु भयो ।

उहाँले नेपालमा संस्कृतिको ऐन नभएकाले सरकारले राष्ट्रिय संस्कृति नीति निर्माण गर्न ११ सदस्य समिति आज नै गठन गर्न लागेको बताउनु भयो। उहाँले नेपालका कतिपय नीतिहरु नेपालको राष्ट्रिय हीतमा हो की होइन भनेर छुट्याउन नसकिएको बताउनु भयो। उहाँले पर्यटन क्षेत्रको विकासका लागि संरचनाहरु बनाउने अनि जहाजहरु नउडाउने काम भइरहेको बताउनु भयो। उहाँले २२ वटा विमानस्थलहरु खाली रहेको भन्दै उक्त विमानस्थलमा राज्यको खर्बौं बजेट खर्च भएको बताउनु भयो ।

मन्त्री किराँतीले आफू मन्त्री भएर आएपछि एनसी धमिजा,लाउण्डा र कोभिड महामारी छलेर आएको नेपाल एयरलाइन्स नाफामा रहेको दाबी गर्नुभयो । उहाँले वायुसेवा निगमले पौने ४ अर्ब ऋण तिरेरको भन्दै तीनवटा जहाज किन्न अन्तिम तयारीमा रहेको बताउनु भयो । उहाँले निगमको ४८ अर्बको ऋण जहाज किन्न दिएर व्यापार गर्न दिएपछि मात्रै तिर्ने बताउनु भयो । उहाँले मन्त्रीले बुद्धि पु¥याउन सकेन भने मन्त्रालय वनझाँक्रीले चलाउन खोज्ने अवस्था रहेको बताउनु भयो । उहाँले मन्त्री दिनभर सुतेर बस्ने हो भने मन्त्रालय अरुले चलाइदिने दाबी गर्नुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);