'राजतन्त्रकालिन पर्यटन ऐनले वर्तमान पर्यटन क्षेत्रको नेतृत्व गर्न सक्दैन्’ | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

‘राजतन्त्रकालिन पर्यटन ऐनले वर्तमान पर्यटन क्षेत्रको नेतृत्व गर्न सक्दैन्’

काठमाडौं, १९ भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले राजतन्त्रकालिन पर्यटन ऐनले वर्तमान पर्यटन क्षेत्रको नेतृत्व गर्न नसक्ने बताउनुभएको छ ।

सोमवार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठकमा मन्त्री किराँतीले यस्तो बताउनुभएको हो । उहाँले वर्तमान पर्यटन ऐन, २०३५ सालको भन्दै उक्त ऐनलाई वर्तमान आवश्यकता अनुसार संशोधन गर्न सरकार लागेको जानकारी दिनुभयो । मन्त्री किराँतीले पर्वतारोहण नियमावली संशोधन गर्दा ८ हजार मिटर माथिको उचाईबाट प्याराग्लाइडिङ गर्दा सगरमाथाको महत्व घट्ने विषयमा पनि सचेत रहेको बताउनु भयो । २२ वटा विमानस्थलहरु खाली रहेको भन्दै उक्त विमानस्थलमा राज्यको खर्बौं बजेट खर्च भएको उल्लेख गर्नुभयो ।

बैठकमा अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति राज किशोर यादवले पर्यटनमन्त्री सुदन किराँतीलाई गलत काम नगर्न खबरदारी गर्नुभएको थियो । उहाँले पर्यटनमन्त्री किराँतीमा केही काम गरौं भन्ने जोस जाँगर देखिएको भन्दै देश र जनताको लागि केही गर्छु भन्ने प्रयास मन्त्रीले गर्न खोज्दा समितिले सहयोग गर्ने प्रष्ट पार्नुभयो । बाइट…राजकिशोर यादव,सभापति,अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति
सभापति यादवले समितिले मन्त्रीलाई राम्रो कामको लागि साथ पनि दिने तर दायाँबायाँ भए नियमन र नियन्त्रण दुवै गर्ने चेतावनी दिनुभयो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);