नेपाल र भारतबीचको सम्बन्धमा अब बाधा आउँदैन : राजदुत आचार्य | ईमाउण्टेन समाचार

Our Network

असोज ३ २०८३, आइतबार

नेपाल र भारतबीचको सम्बन्धमा अब बाधा आउँदैन : राजदुत आचार्य

nilambar acharya

काठमाडौं, २५ माघ । नवनियुक्त भारतका लागि नेपाली राजदुत निलाम्बर आचार्यले नेपाल र भारतबीचको सम्बन्धमा फेरी बाधा आउन नदिने प्रतिवद्धता व्यक्त गरेका छन् ।

भारतका लागि नेपाली राजदुतमा नियुक्त भएका आचार्यले शुक्रबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै सरकारको परराष्ट्र नीतिलाई कार्यान्वयन गर्ने काममा आफू दत्तचित्त भएर लागिपर्ने पनि स्पष्ट पारे ।

उनले नेपालको समृद्धिका लागि भारतीय लगानी भित्र्याउने, रेलमार्ग, जलमार्ग लगायतका सरकारले अघि बढाएको कामलाई सहज ढंगले अघि बढाउन पहल गर्ने, दुई मुलुकबीचको सडक संजाल विस्तार, सीमा अपराध नियन्त्रण लगायतका कामलाई पनि आफूले प्राथमिकता दिने बताए ।

भारतका लागि नेपाली राजदुत आचार्यले भारतसँगको सम्बन्ध सकारात्मक ढंगले अघि बढिरहेको र त्यसलाई अझै सुदृढ बनाउने स्पष्ट पारे ।