नेकपा भित्र आन्तरीक विवाद चुलिदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

नेकपा भित्र आन्तरीक विवाद चुलिदै

nekapa

तेजना पण्डित
काठमाडौं, २३ मंसिर । नेपाल कम्युुनिष्ट पार्टीको प्रदेश तहसम्मको एकता प्रकृया सकिनै लाग्दा पार्टीमा आन्तरीक विवाद चुलिएको छ । शनिवार वोलाइएको नेकपाको सचिवालय बैठक वरिष्ठ नेताहरुले वहिस्कार गरेका छन । पार्टी भित्रका प्रभावशाली नेताहरुले बैठक वहिस्कार गरेपछि नेकपा पार्टी भित्रको विवाद सतहमै देखिएको छ ।

गत जेठ ३ गते तत्कालिन नेकपा एमाले र एकिकृत नेकपा माओवादीविच एकताको घोषणा भएको थियो । एकता घोषणा भएको लामो समय पछि भर्खरै मात्र नेकपाको तल्लो तहसम्मको एकता टुुंगोमा पुुग्दैगर्दा पार्टीभित्र आन्तरीक विवाद चुलिदै गएको छ । पार्टी अध्यक्षले बोलाएको बैठकनै पार्टीका शिर्ष नेताहरुले वहिस्कार गरेका छन ।

नेकपाको ९ सदस्यीय सचिवालय कमिटीमा रहेका ४ नेताले बैठक बहिस्कार गरेपछि शनिबार बैठक बस्दैन भन्ने असन्तुष्ट नेताहरुको अनुमान थियो । तर, ओली पक्षमा ५ सदस्यहरु रहेपछि बहुमतका आधारमा सचिवालयको बैठक बस्यो र आगामी मंसिर २९ गते स्थायी कमिटीको बैठक आयोजना गर्ने सचिवालयले निर्णय समेत गरेको छ ।

प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओलीले असन्तुष्ट रहेका चार नेताको अघि बढ्ने कदमलाई रोक्न स्थायी कमिटीको बैठक बोलाउन लगाएको कतिपय नेताहरुको बुझाइ छ । असन्तुष्ट नेताहरु बालुवाटारबाट बाहिरिएपछि आइतवार स्थायी कमिटीको बैठक बोलाउने सुइको पाएका ओली पक्षले मंसिर २९ गतेलाई बैठक बोलाएको छ ।

पार्टी भित्र समयमा बैठक नगर्ने अरुलाई नगन्ने प्रबृत्ति हावि भएको अवस्थामा जुुन चार नेताहरुबाट बैठक बहिस्कार गरीएको छ त्यसले पार्टीका नेताहरुलाई चुुनौति थपेको नेकपाका नेता घनश्याम भुुसालले भनाइ छ ।

सचिवालयका शिर्ष नेताहरुले बैठक बहिस्कार गर्नुलाइ राजनितीक दृष्टिकोणबाट हेर्दा गम्भिर भएको नेकपाका नेता लेखनाथ न्यौपानेको बुझाइ छ ।

पार्टी बिधि र पद्धती अनुुसार नचलीरहेको अवस्थामा शिर्ष नेताहरुवाट समयको पाबन्दि राख्दै बैठक बहिस्कार गर्ने काम पार्टीको आगामी दिनका लागी शिक्षा हुने कतिपय नेताहरु बताउँछन ।

वाम बिश्लेहरुले भने नेकपाभित्रको असन्तुष्टि सतहसम्मै आएको प्रतिक्रिया दिएका छन । नेकपाका नेताहरुले सचिवालय बैठक बहिस्कार गर्नु भनेको उक्त पार्टी भित्रको चरम असन्तुष्टि बाहीर आउनुु भएको उनीहरुको भनाई छ ।

एकता प्रकृया पुरै टुंगिनसकेको नेकपा भित्र नेताहरुमा एकले अर्काको अस्तित्व स्विकार गर्न नसकेको प्रस्टनै देखिन्छ । पार्टी एकता गर्दा नेताहरुको उचित व्यवस्थापन हुन नसक्दा एकता घोषणाको सुरुदेखिनै असन्तुष्टिका स्वरहरु सुनिदै आएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);