बिमस्टेकलाई सार्कको विकल्पको रुपमा लिनु हुँदैन : भट्टराई | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

बिमस्टेकलाई सार्कको विकल्पको रुपमा लिनु हुँदैन : भट्टराई

baburam bhattrai at ceo summit

काठमाडाैं, १३ भदाै । नयाँ शक्ति पार्टी, नेपालका संयोजक एवम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले मुलुकको आर्थिक हितका लागि बिमस्टेकको प्रवद्र्धनमा जोड दिन सरकारलाई सुझाव दिएका छन् ।

संयोजक भट्टराईले यातायात र संचार तथा लगानी र व्यापार विस्तारका दृष्टिले विमस्टेक अति उपयोगी क्षेत्रीय संगठन भएकाले नेपालले त्यसको प्रवद्र्धनमा जोड दिनुपर्ने उनले बताए ।

बिहीबारबाट काठमाडौंमा विमस्टेक चौंथो शिखर सम्मेलन हुँदैछ । सोही सम्मेलनका विषयमा बुधबार काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै संयोजक भट्टराईले विमस्टेकलाई सार्कको विकल्पको रुपमा लिन नहुनेतर्फ पनि सरकारको ध्यानाकर्षण गराए ।

सार्कको नेपालसँग ऐतिहासिक महत्व रहेको तर आर्थिक हिसावले विमस्टेक नै बढि उपयोगी हुने संयोजक भट्टराईको दावी छ ।

संयोजक भट्टराईले नेपालले समुन्द्रसँगको सहज पहँुचका लागि पनि बिमस्टेकसँगको सम्बन्धलाई जोड दिनुपर्ने आवश्यक्ता औंल्याए । उनले नेपालको जलविद्युतको व्यापारका लागि पनि भारतको विकल्प चीनभन्दा बंगालका खाडीका मुलुकहरु उपयोयी हुने स्पष्ट पारे ।

संयोजक भट्टराईले नेपालको हिमाली अर्थतन्त्रलाई समुन्द्री अर्थतन्त्रसँग जोड्न पनि विमस्टेकका सदस्य राष्ट्रहरुबीच बलियो सम्बन्ध विकास गर्नुपर्ने धारणा राखे ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);