थ्री गर्जेजले पश्चिम सेती जलविद्युत आयोजना नबनाउने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

थ्री गर्जेजले पश्चिम सेती जलविद्युत आयोजना नबनाउने

काठमाडौं, १३ भदौ । चिनियाँ कम्पनी थ्री गर्जेजले पश्चिम सेती जलविद्युत आयोजना बनाउन अस्विकार गरेको छ । चिनियाँ कम्पनी थ्री गर्जेजले प्राविधिक, प्रभावित क्षेत्रको पुनर्वास लगायतको कारण लागत महंगो पर्ने जनाउँदै पश्चिम सेती जलविद्युत आयोजना बनाउन अस्विकार गरेको हो ।

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले थ्री गर्जेजले क्षमता घटाएर र ऋण भुक्तानीका लागि अमेरिकी डलरमा उर्जा खरिद सम्झौंता गर्ने प्रस्ताव गर्दा पनि सो आयोजनाको काम अघि बढाउन नसकिने जानकारी बोर्डलाई गराएको बताए ।

बोर्डले ७ सय ५० मेघावाटको सो जलविद्युत आयोजना घटाएर ६ सय मेघावाटको मात्रै बनाउन पनि थ्री गर्जेज कम्पनीसँग प्रस्ताव गरेको थियो । तर कम्पनीले बोर्डसँग मंगलबार र बुधबार छलफल गरी सो आयोजना अघि बढाउन नसकिने जानकारी गराएको हो ।

१ खर्ब २० अर्ब लागत अनुमान गरिएको सो जलविद्युत आयोजना थ्री गर्जेजको सहायक कम्पनी सिडब्लू इन्टेष्मेन्ट कर्पोरेशन र लगानी बोर्डबीच २०६८ सालमै बनाउने सहमति गरिएको थियो । तर थ्री गर्जेजले महंगो हुने निष्कर्ष निकाल्दै अघि बढाउन नसक्ने जानकारी लगानी बोर्डलाई गराएको हो ।

यसैबीच, लगानी बोर्डले सो आयोजना अघि बढाउन आवश्यक निर्णय लिन बोर्ड बैठक बोलाउने भएको छ । प्रधानमन्त्री केपी ओली अध्यक्ष रहेको बोर्ड बैठकले सो सम्बन्धमा आवश्यक निर्णय लिने पनि बोर्डका प्रमुख कार्यकारी अधिकृत अधिकारीले बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);