पश्चिम सेती अन्योलमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

पश्चिम सेती अन्योलमा

paschim seti

काठमाडौं,१४ माघ । चिनियाँ कम्पनी थ्री गर्जेज इन्टरनेसनल कर्पोरेसन सीटीजीआईले पश्चिम सेती जलविद्युत् आयोजना नबनाउने भएको छ। ऊर्जा सचिव अनुपकुमार उपाध्यायले विभिन्न वहाना बनाएर आयोजना बनाउबाट थ्री गर्जेज पछि हट्न थालेको जानकारी दिए। सात सय ५० मेगावाटको आयोजनालाई क्षमता घटाएर पाँच सय ५० मेगावाट बनाउन र विद्युत् खरिद सम्झौता पीपीए दर बढाउन नेपाल सरकारलाई थ्री गर्जेजले दबाब दिँदै आएको छ। यससँगै आयोजनाको भविष्य अन्योलमा परेको छ।

सुदूरपश्चिममाञ्चल सरोकार मञ्च र स्वतन्त्र ऊर्जा उत्पादक संघ इप्पानले संयुक्त रूपमा राजधानीमा अयोजना गरेको पश्चिम सेती जलविद्युत् सम्बन्धी कार्यक्रममा सचिव उपाध्यायले थ्री गर्जेज पीपीए दर सस्तो भएको बहानामा पन्छन खोजेको खुलासा गरे। उनले भने, ‘सरकारले औपचारिक सम्झौता गरेर आयोजना अगाढि बढाउन खोजे पनि थ्री गर्जेज विभिन्न वहाना बनाएर पन्छिँदै आएको थियो।’ आयोजना निर्माणमा उसले देखाएको अनिच्छाकै कारण अनुमति पाएको लामो समयसम्म पनि काम अघि बढेको छैन। थ्री गर्जेजले यसअघि अफ्रिकामा पनि पीपीए दर कम भएकै कारण आयोजना निर्माण नगरी फिर्ता भएको थियो। सरकारले छनोट गरेको साझेदार कम्पनी लगानी गर्न नआउनु, मुआब्जाको विवाद अझै नमिल्नु, परियोजनाको क्षमतामा विवाद आउनु, निर्माणमा आएका विभिन्न समस्या समाधान नहुनुलगायतले पश्चिम सेती बन्न नसकेको हो।

आयोजना स्टोरेज कि मल्टि स्टोरेज भन्ने विवाद् नमिल्नु, बिजुली कसले किन्ने रु प्रसार लाइन कसले बनाउने भन्नेसहितका विवाद चिनियाँ कम्पनीलाई लाइसेन्स दिनु अघि नै टुंगो लगाउन सक्दा चार वर्ष उसै ढिलो भयो। आयोजनालाई सरकार आफैले बनाउने निर्णय गर्न पनि स्रोतको अभाव रहेको जानकारी सचिव उपाध्यायले दिए। उनले भने, ‘हाल ऊर्जा क्षेत्रका लागि राज्यले वार्षिक ३५ देखि ३८ अर्ब रुपैयाँ छुट्टाइरहेको छ।’

यो आयोजनाको क्षमता सात सय ५० मेगावाटबाट घटाएर पाँच सय ५० बनाउने सीटीजीआईको प्रस्ताव तत्कालीत ऊर्जामन्त्री जनार्दन शर्माले अस्वीकार गरेका थिए। हिउँदमा पनि ३५ प्रतिशत बिजुली उत्पादन गर्ने क्षमता नभएको आयोजनालाई सरकारले नै अनुमति नदिने भएपछि चिनियाँ कम्पनीले क्षमता घटाउन खोजेको हो। यसको क्षमता सात सय ५० मेगावाट हुँदा विद्युत उत्पादन क्षमता २४ प्रतिशत, ६ सय मेगावाट हुँदा ३० प्रतिशत र पाँच सय २० मेगावाट हुँदा मात्रै ३५ प्रतिशत हुने उल्लेख छ।यो आयोजनालाई यस अघि २२ वर्षसम्म अस्ट्रेलियन कम्पनी स्मेकले ओगटेको थियो भने हाल थ्री गर्जेजले ओगटिरहेको छ।अन्नपुर्णपोष्टमा यस्तो खवर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);