परियोजनाका लागि स्रोत जुटाउन खोजिँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

परियोजनाका लागि स्रोत जुटाउन खोजिँदै

pariyojana

काठमाडौं,१४ माघ । आगामी १० वर्षमा ४० हजार मेगावाट विद्युत् उत्पादनका लागि लगानीयोग्य परियोजना प्रवद्र्धन गर्ने प्रमुख उद्देश्यले राजधानीमा नेपाल पावर इन्भेस्टमेन्ट समिट सुरु भएको छ। जलविद्युत् उत्पादन गर्न तयारी अवस्थामा बसेका परियोजनाका लागि आर्थिक स्रोत जुटाउन पनि यो सम्मेलन महत्वपूर्ण बन्नेछ। ऊर्जा विकासबाट नेपालीको आर्थिकस्तर माथि उठाउन सकिने सम्भावना छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार सम्मेलन उद्घाटन गर्दै मुलुकको आर्थिक समृद्धिको आधार ऊर्जा भएकाले यसमा लगानी बताउनुपर्ने बताइन्। उनले नेपालमा सबैभन्दा बढी सम्भावना भएको क्षेत्र जलविद्युत् भएकाले यसको विकास हुनुपर्नेमा उनले जोड दिइन्। नेपालमा जलविद्युत् उत्पादन क्षमता ८३ हजार मेगावाट भनिए पनि हाल यसको उपभोग एक हजार मेगावाटको हाराहारिमा मात्रै हुनु दुःखदायी भएको भण्डारीको भनाइ छ। उनले जलस्रोतमा बाह्य लगानी प्रवद्र्धन गर्न सरकार तयार रहेको बताइन्।

कार्यक्रम आयोजक संस्था ऊर्जा विकास परिषद्का अध्यक्ष सुजीत आचार्यले नेपालमा उत्पादन हुने ऊर्जाको ८० प्रतिशतसम्म लगानीमा निजी क्षेत्रले प्रतिस्पर्धा गर्न सक्ने बताए। उनले भने, ‘नेपालमा ईपीसी मोडलको प्रयोग गरेरै पाँच वर्षभित्रमै नेपाललाई जलविद्युत्मा आत्मनिर्भर बनाउन सकिन्छ। ऊर्जा क्षेत्रको विकास गरेरै यसका लागि प्रयोग हुने पेट्रोलियम पदार्थको खरिद र ऊर्जामा हुने खर्च कम गरेर वार्षिक बजेटको ४५ प्रतिशत रकम बचत गराउन सकिने उनले बताए।

आगामी १० वर्षभित्र ४० हजार मेगावाट विद्युत् उत्पादन गर्न करिब ८० खर्ब रुपैयाँ लगानी आवश्यकपर्ने देखिएको छ।उनले ऊर्जाको विकास गरेर नेपालीको प्रतिव्यक्ति आम्दानी वार्षिक पाँच हजार डलर पुर्‍याउन सकिने बताए। उनले नेपाललाई दक्षिण एसियाकै पावर हाउस बनाउन सकिने तर्क पनि अगाडि सारेका छन्।

नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले नेपालले सही समयमा ऊर्जा विकासको अभियान अगाडि सारेको बताए। उनले नेपालको ऊर्जा क्षेत्रको विकासमा भारतीय सहयोग उल्लेख्य रहेको जानकारी दिए। राजदूतले पञ्चेश्वर, महाकालीसहितका योजना विकासमा भएको समस्या समाधानलाई प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गरे।

कार्यक्रममा नेपालका लागि बंगलादेशकी राजदूत मसिफ बिन्ते साम्सले आफ्नो देशले नेपालको जलविद्युत् दुई हजार मेगावाट खरिद गर्न चाहेको पनि बताइन्। उनले भनिन्, ‘जलविद्युत्को उत्पादन नै पहिलो आवश्यकता भएकाले बंगलादेशलाई आवश्यक बिजुलीको केही अनुपात नेपालबाट पूर्ति गर्न सकिने जानकारी दिएकी छन्।

आगामी १० वर्षभित्र ४० हजार मेगावाट विद्युत् उत्पादन गर्न करिब ८० खर्ब रुपैयाँ लगानी आवश्यक पर्ने देखिएको छ। त्यही लगानी जुटाउने उद्देश्यले सम्मेलन आयोजना गरिएको हो। सम्मेलनले इन्जिनियरिङ, प्रोक्युरमन्ट, कन्स्ट्रक्सन र फाइनान्सिङ ईपीसीएफ मोडलमा लगानीको जोहो गराउने, ईपीसीएफ मोडलको विषयमा आवश्यक तालिम दिने, विदेशी लगानी सहजीकरणका विषयमा वृहत छलफल गरिरहेको छ। सम्मेलन मंगलरबारसम्म सञ्चालन हुनेछ। सम्मेलनमा स्वादेशी र विदेशी गरी करिब साढे तीन सय प्रतिनिधिको सहभागिता छ।

सम्मेलनको पहिलो दिन नेपाल, भारत र बंगलादेशका प्रतिनिधि सहभागी भएका थिए। पहिलो दिनको सम्मेलनको पहिलो सत्रमा नेपालमा ऊर्जाको सम्भावनाको विषयमा समूहगत छलफल भएको थियो। दोस्रो सत्रमा ऊर्जाको क्षेत्रीय बजार र नवीकरणीय ऊर्जाको अवसरको अवस्थाका विषयमा छलफल भएको थियो। सम्मेलनको दोस्रो दिन आइतबार ऊर्जामा प्रत्येक्ष विदेशी लगानी, ऊर्जामा अवसर र जलविद्युत्मा आर्थिक जोखिम विषयमा तालिम हुनेछ। अन्नपुर्णपोष्टमा यस्तो खवर छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);