बिजनेश प्लस टेलिभिजनको आयोजनामा काठमाडौंमा पहिलो पटक सीईओ सम्मेलन | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

बिजनेश प्लस टेलिभिजनको आयोजनामा काठमाडौंमा पहिलो पटक सीईओ सम्मेलन

Nepal ceo summit 2018

काठमाडौं, ३० फागुन । बिजनेश प्लस टेलिभिजनको आयोजनामा काठमाडौंमा पहिलो पटक सीईओ सम्मेलन भएको छ । यस सम्मेलनमा  नेपालसहित विभिन्न देशका १७ कम्पनीका सीईओहरुको सहभागिता रहेको छ ।

बुधवार सिइओ सम्मेलनको उद्घाटन शत्रमा बोल्दै पूर्व प्रधानमन्त्री एवं नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले समृद्ध नेपाल निर्माणका लागि अब मुलकुमा दुई दल मात्रै हुनुपर्नेमा जोड दिएका छन् ।

भट्टराईले संविधानले नेपाललाई समाजवादतर्फ उन्मुख गराएकाले अब मुलुकमा धेरै राजनीतिक दलको आवश्यकता नरहेको स्पष्ट पारे । उनले अब सबै नागरिक मिलेर देशको आर्थिक समृद्धिमा लाग्नुपर्नेमा जोड दिए ।

भट्टराईले पृथ्वीनारायण शाह, गौतम बुद्व, बिपी कोइराला र पुष्पलाललाई राष्ट्रिय व्यक्तित्व घोषणा गर्न पनि प्रस्ताव गरेका छन् ।  यसै सम्मेलनमा बोल्दै नेकपा एमालेका नेता रविन्द्र अधिकारीले अब आर्थिक समृद्धिले नै बिकासको ढोका खोल्ने भन्दै अवको नेपाल समृद्व नेपाल हुनुपर्ने बताए ।

baburam bhattrai at ceo summit

सम्मेलनमा नेपाली कांग्रेसका नेता गगनकुमार थापाले समृद्ध नेपाल निर्माणका लागि राजनीतिक प्रतिबद्धता आवश्यक रहेको बताए । उनले दुई तिहाई समर्थन प्राप्त गरेको सरकारले दम्भ रहित ढंगले बिकासका गतिविधि अघि बढाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा पद्मा मिडिया प्रालि तथा बिजनेस प्लस टेलिभिजनका अध्यक्ष राजुप्रसाद कंडेलले स्वदेशी उत्पादनले बजार नपाएको अवस्थामा बिदेशबाट मालसामानहरु आयात भइरहेकोले नेपाली उत्पादनले सहज रुपमा बजार पाउनु पर्ने अवस्था सिर्जना हुनु पर्नेमा जोड दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);