विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङ सीईओ अफ दि इयर घोषित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङ सीईओ अफ दि इयर घोषित

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सीईओ अफ दि इयर घोषित भएका छन ।

kulman ghising

काठमाडौं, १ चैत । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सीईओ अफ दि इयर घोषित भएका छन । पद्मा मिडिया ग्रुपअन्तर्गतको विजनेस प्लस टेलिभिजनले गरेको सीईओ समिट तथा अवार्ड कार्यक्रममा विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ सीईओ अफ दि इयर घोषित भएका हुन ।

घिसिङले विभिन्न तीन विधामा अवार्ड हात पारे । काठमाडौंमा विशेष समारोहकाबीच नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल र पद्मा मिडिया ग्रुपका अध्यक्ष राजुप्रसाद कँडेलले घिसिङलाई अवार्ड प्रदान गरे ।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले अवार्डले थप हौसला मिलेको भन्दै आगामी दिनमा नेपाललाई विद्युतमा आत्मनिर्भर बनाउने गरी काम गर्ने बताए ।

वुमन सिइओ अफ दि इयरको अवार्ड द्वारिका होटलकी सञ्चालिका अम्बिका श्रेष्ठले पाइन भने योङ सिइओ अफ दि इयरको उपाधि अस्कर अलीले पाए । विभिन्न आठ विधाका अवार्ड विजेताहरुलाई उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादव, नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशांक कोइराला, माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसाल लगायतले अवार्ड गिरन ।

कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मुलुकको आर्थिक विकासका लागि सबै मिलेर काम गर्नुपर्नेमा जोड दिए । उनले राजनीतिक उपलब्धि हासिल भएकाले अब आर्थिक विकासमा ध्यान केन्द्रीत गर्नुपर्ने र सबैले एकताबद्ध भएर काम गर्नुपर्ने बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);