विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङ सीईओ अफ दि इयर घोषित | ईमाउण्टेन समाचार

Our Network

असोज १६ २०८३, शनिबार

विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङ सीईओ अफ दि इयर घोषित

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सीईओ अफ दि इयर घोषित भएका छन ।

kulman ghising

काठमाडौं, १ चैत । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सीईओ अफ दि इयर घोषित भएका छन । पद्मा मिडिया ग्रुपअन्तर्गतको विजनेस प्लस टेलिभिजनले गरेको सीईओ समिट तथा अवार्ड कार्यक्रममा विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ सीईओ अफ दि इयर घोषित भएका हुन ।

घिसिङले विभिन्न तीन विधामा अवार्ड हात पारे । काठमाडौंमा विशेष समारोहकाबीच नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल र पद्मा मिडिया ग्रुपका अध्यक्ष राजुप्रसाद कँडेलले घिसिङलाई अवार्ड प्रदान गरे ।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले अवार्डले थप हौसला मिलेको भन्दै आगामी दिनमा नेपाललाई विद्युतमा आत्मनिर्भर बनाउने गरी काम गर्ने बताए ।

वुमन सिइओ अफ दि इयरको अवार्ड द्वारिका होटलकी सञ्चालिका अम्बिका श्रेष्ठले पाइन भने योङ सिइओ अफ दि इयरको उपाधि अस्कर अलीले पाए । विभिन्न आठ विधाका अवार्ड विजेताहरुलाई उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादव, नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशांक कोइराला, माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसाल लगायतले अवार्ड गिरन ।

कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मुलुकको आर्थिक विकासका लागि सबै मिलेर काम गर्नुपर्नेमा जोड दिए । उनले राजनीतिक उपलब्धि हासिल भएकाले अब आर्थिक विकासमा ध्यान केन्द्रीत गर्नुपर्ने र सबैले एकताबद्ध भएर काम गर्नुपर्ने बताए ।