सिईओ सम्मेलन प्रति अध्यक्ष प्रचण्डद्धारा खुशी व्यक्त, पपुलर र प्राइभेट सेक्टरको अवार्ड शर्मालाई | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

सिईओ सम्मेलन प्रति अध्यक्ष प्रचण्डद्धारा खुशी व्यक्त, पपुलर र प्राइभेट सेक्टरको अवार्ड शर्मालाई

prachanda

काठमाडौं, १४ बैशाख । आर्थिक तथा वित्तिय क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरुको सहभागितामा नेपाल सिईओ सम्मेलन तथा अवार्ड, २०१९ काठमाडौंमा सम्पन्न भएको छ ।

पद्यमा मिडिया गु्रपद्वारा सञ्चालित विजनेस प्लस टेलिभिजनद्वारा आयोजित सिईओ सम्मेलनमा विभिन्न क्षेत्रका सरकारी तथा निजी क्षेत्रका ५ सय भन्दा बढीको सहभागिता रहेको थियो । शुक्रवार राजधानीको होटल सोल्टीमा कार्यक्रमको आयोजना गरिएको थियो । यस वर्षको नेपाल सिईओ सम्मेलनको अवसरमा विभिन्न आठ विधामा विधागत रुपमा विभिन्न क्षेत्रका व्यक्तित्वलाई सम्मान प्रदान गरियो । देउराली जनता फर्माका अध्यक्ष हरिभक्त शर्मा यस वर्षको सिइयो अफ द इएर पपुलर र प्राइभेट सेक्टर अवार्डबाट सम्मानित भएका छन् । त्यस्तै गोल्यान ग्रुप अफ कम्पनीका पवन गोल्यान सिइयो अफ द इएर पव्लिक च्वाइस अवार्डबाट सम्मानित भए ।

सिइयो अफ द इएर योङमा शिशिर खनाल, फिमेल सिइयो अफ द इएरमा अनुपमा खुजेली, सिइयो अफ द इएर पव्लिक सेक्टरमा महाप्रसाद अधिकारी र जुरी च्वाइस अवार्डमा हिमालय शमशेर जङबहादुर राणा सम्मानित भएका छन् । सम्मानित व्यक्तित्वहरुलाई पूर्वप्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधि, पद्यमा मिडिया गु्रपका अध्यक्ष राजुप्रसाद कडेल लगायतले सिईओ अवार्ड प्रदान गरेका थिए ।

नेपाल सिइओ अवार्ड प्रदान गर्दै नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले, सम्मानित सबैलाई धन्यवाद दिंदै पद्मा मिडिया गु्रपले आर्थिक विकासका लागि विजनेस प्लस टेलिभिजन र सत्य समाचारका लागि माउण्डटेन टेलिभिजनको प्रसारणलाई अगाडि ल्याएकोमा खुशी व्यक्त गरे ।

नेकपा अध्यक्ष दाहालले सिइओ समिटप्रति प्रशंसा गर्दै यसलाई अब एशियाली स्तरमा लैजान सफलता मिलोस् भनी शुभकामना व्यक्त गरेक थिए । कार्यक्रममा नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले, सम्मेलनप्रति शुभकामना दिंदै प्रादेशिक स्तरमा लगानी गरी मुलुकको समृद्धिमा सहयोग गर्न निजी क्षेत्रलाई आग्रह गरे ।

कार्यक्रममा नेपाली काँग्रेसका नेता एवं पूर्वअर्थमन्त्री डा. रामशरण महतले, पद्मा मिडिया ग्रुपले आफ्नो व्यवसाय भन्दा बढी राष्ट्रिय मुद्दामा निरन्तर बहस चलाएकोमा खुशी व्यक्त गरे ।

कार्यक्रममा राष्ट्रिय जनता पार्टी अध्यक्ष मण्डलका संयोजक शरतसिंह भण्डारीले, विकासको लागि निजी क्षेत्रले गरेको योगदान प्रशंनीय रहेको बताए । सरकारले व्यापार गर्ने होइन भन्दै उनले निजी क्षेत्रबाट हुने लगानी र व्यवसायमा सरकार सहयोगी हुनुपर्ने बताएका छन् ।

कार्यक्रममा पद्म मिडिया ग्रुपका अध्यक्ष राजु प्रसाद कडेलले वर्तमान सरकारबाट जनताले विकासको ठूलो अपेक्षा गरेका छन् भन्दै जनताको अपेक्षालाई सरकारले बुझ्नु पर्ने बताए ।

नेपाल सिईओ समिटमा पद्मा मिडिया गु्रपका अध्यक्ष राजु प्रसाद कडेलले सम्मेलनमा उपस्थित भएका प्रमुख अतिथि तथा अतिथिहरुलाई संस्थाको तर्फबाट मायाको चिनो प्रदान गरेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);