सिईओ सम्मेलन तथा अवार्ड, २०१९ मा यी व्यत्तित्वले पाए अवार्ड (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

सिईओ सम्मेलन तथा अवार्ड, २०१९ मा यी व्यत्तित्वले पाए अवार्ड (भिडियोसहित)

ceo award 2019

काठमाडौं, १४ बैशाख । आर्थिक तथा वित्तिय क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरुको सहभागितामा नेपाल सिईओ सम्मेलन तथा अवार्ड, २०१९ काठमाडौंमा सम्पन्न भएको छ ।

पद्यमा मिडिया गु्रपद्वारा सञ्चालित विजनेस प्लस टेलिभिजनद्वारा आयोजित सिईओ सम्मेलनमा विभिन्न क्षेत्रका सरकारी तथा निजी क्षेत्रका ५ सय भन्दा बढीको सहभागिता रहेको थियो । शुक्रवार राजधानीको होटल सोल्टीमा आयोजना गरिएको सम्मेलनमा विभिन्न आठ विधामा विधागत रुपमा विभिन्न क्षेत्रका व्यक्तित्वलाई सम्मान प्रदान गरियो ।

सिइयो अफ द इयर पपुलर र प्राइभेट सेक्टर अवार्डबाट सम्मानित देउराली जनता फर्माका अध्यक्ष हरिभक्त शर्मा

सिइयो अफ द इयर पव्लिक च्वाइस अवार्डबाट सम्मानित गोल्यान ग्रुप अफ कम्पनीका पवन गोल्यान

सिइयो अफ द इएर योङ अवार्डबाट सम्मानित शिशिर खनाल

फिमेल सिइयो अफ द इयर अवार्डबाट सम्मानित अनुपमा खुजेली

जुरी च्वाइस अवार्ड अवार्डबाट सम्मानित हिमालय शमशेर जङबहादुर राणा 

सिइयो अफ द इयर पव्लिक सेक्टर अवार्डबाट सम्मानित महाप्रसाद अधिकारीले पाएका थिए । तर अधिकारी कार्यक्रम उपस्थित नभएका कारण उक्त अवार्ड उनका निकट व्यक्तिले लिएका थिए ।

सम्मानित व्यक्तित्वहरुलाई पूर्वप्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधि, पद्यमा मिडिया ग्रुपका अध्यक्ष राजु प्रसाद कंडेल लगायतले सिईओ अवार्ड प्रदान गरेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);