राजश्व १९.५ प्रतिशतले वृद्धि, आर्थिक विकासमा गति लिएको गर्भनर नेपालको दावी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

राजश्व १९.५ प्रतिशतले वृद्धि, आर्थिक विकासमा गति लिएको गर्भनर नेपालको दावी

chirnjibi nepal

काठमाडौं, १४ बैशाख । नेपाल राष्ट्र बैंकले शनिबार आफ्नो स्थापनाको ६४ औं स्थापना दिवस मनाएको छ । स्थापना दिवसको कार्यक्रममा राष्ट्र बैंकले कृषि उत्पादनमा भएको वृद्धि, ऊर्जा आपूर्तिमा देखिएको सुधार, पुनर्निर्माणले लिएको गति तथा पर्यटन क्षेत्रमा भएको आशालाग्दो प्रगतिले आर्थिक परिसूचक सुधारोन्मुख देखिएको जनाएको छ ।

शनिवार नेपाल राष्ट्र बैंकले आफ्नो ६४औं स्थापना दिवस मनाएको छ । राष्ट्र बैक केन्द्रीय कार्यालय बालुवाटारमा भएको स्थापना दिवसको कार्यक्रममा गर्भनर चिरञ्जीवी नेपालले वित्तीय क्षेत्रमा लिइएका पहल कदमीको परिणामस्वरूप वित्तीय पहुँचमा व्यापक विस्तार भएको बताएका छन् । समावेशी र दिगो आर्थिक बृद्धिका लागि वित्तीय क्षेत्रमा नीतिगत सुधार र आर्थिक स्थायित्व आवश्यक हुनेमा राष्ट्रबैकको पहल र राजनीतिक स्थायित्वबाट त्यस्ता संकेतहरु देखिन थालेको उनले बताए । नेपाल राष्ट्र बैकको मूख्य दायित्व नैं मुलुकको समग्र विकासमा सहयोग पु¥याउनु भएको भन्दै राष्ट्र बैंक नेतृत्व त्यसका लागि प्रतिबद्ध रहेको बताए । नीतिगत सुधारकै कारण कृषि, ऊर्जा, पर्यटन लगायतका क्षेत्रमा कर्जा प्रवाह बढेको भन्दै भुक्तानी प्रणालीलाई आधुनिकीकरण गर्ने दिशामा पूर्वाधार निर्माणका महत्वपूर्ण काम अगाडि बढेको बताए ।

२०७५ चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाका शाखा संख्या आठ हजार २ सय ५ पुगेको छ भने प्रति शाखाले सेवा प्रदान गर्नसक्ने जनसंख्या ३५ सय ६० भएको छ । बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप खाताको संख्या २०७५ फागुनमा सम्ममा दुईकरोड ५७ लाख पुगेको छ । सातसय २४ स्थानीय तहमा बाणिज्य बैंकका शाखा पुगेका छन् । २०७५ फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाको निक्षेप तीन हजार नौ अर्ब पुगेको छ भने कर्जा लगानी दुइहजार सातसय ४९ अर्ब पु्गेको छ । गभर्नर नेपालले आर्थिक अवस्थामा अझै धेरै गर्न बाँकी भएपनि उत्साहजनक सुधार देखिएको बताएका छन् ।

संघीयता कार्यान्वयनमा सहयोग पु¥याउन नेपाल राष्ट्र बैंकको संस्थागत ढाँचामा परिवर्तन गरी कर्णाली प्रदेशमा कार्यालय स्थापना गर्ने प्रक्रिया अगाडि बढाएको, भौतिक पूर्वाधारका क्षेत्रमा लगानीको आवश्यकता पुरा गर्ने उद्देश्यले पूर्वाधार विकास बैंक स्थापना, भूकम्पले ध्वस्त बनाएको बैंकका बालुवाटार तथा थापाथलीस्थित भवनहरूको निर्माण कार्य प्रारम्भ जस्ता आन्तरिक तथा बाह्य उपलब्धीसमेत सार्वजनिक गरिएको थियो ।

राष्ट्र बैकले उच्च आर्थिक वृद्धिका लागि समष्टिगत आर्थिक स्थायित्व कायम गर्दै अगाडि बढ्नु पर्ने चुनौती अझै बाँकी रहेको जनाएको छ । समष्टिगत आर्थिक स्थायित्व कायम गर्दै वित्तीय क्षेत्रबाट परिचालन हुने स्रोत साधन, उत्पादनशील क्षेत्रतर्फ निर्देशित गर्ने, वित्तीय उपकरण एवम् पूर्वाधारहरुको समयसापेक्ष विकास गर्ने र वित्तीय ग्राहक संरक्षण गर्नेतर्फ नेपाल राष्ट्र बैंक केन्द्रित रहनु आवश्यक छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);