महिलाका नाममा उद्योग दर्ता गरे ३५ प्रतिशत छुट | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

महिलाका नाममा उद्योग दर्ता गरे ३५ प्रतिशत छुट

mahila udhyog

काठमाडौं, १५ बैशाख । महिलाका नाममा उद्योग दर्ता गर्दा छुट दिइने भएको छ । महिला उद्यमीको मात्र स्वामित्व रहने गरी उद्योग वा फर्म दर्ता गर्दा लाग्ने दस्तु र शुल्कमा ३५ प्रतिशत छुट हुनेछ ।

साथै उद्योगलाई व्यवस्थित गर्न र रुग्ण उद्योग संरक्षण गर्न विभिन्न योजना ल्याउन लागिएको सरकारले जनाएको छ । यस्तै दर्ता नगरी उद्योग सञ्चालन गरे तत्काल बन्दसहित होइन जरीवाना हुने भएको छ । संघीय संसद सचिवालयमा ‘औद्योगिक व्यवसायसम्बन्धी प्रचलित कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०७५’ मा उक्त कुरा उल्लेख छ ।

उक्त विधेयक दर्ता भएकाले उही वैशाखबाट सुरु हुने संघीय संसदको अधिवेशनमा पेश भई पारित गर्ने बताइएको छ । उक्त विधेयकमा उद्योगी व्यवसायीलाई आयकर, भन्सार महसुलमा छुट, लघु उद्यमी तथा महिला उद्यमीलाई विभिन्न छुट सुबिधा, उद्योग स्थापना गर्न जग्गा प्राप्तिमा सहजीकरण लगायतका अन्य छुट, सुविधा र सहुलियत दिने व्यवस्था गरिएको छ ।

उक्त विधेयकमा उद्योग दर्ता गर्ने निकायले ऐन बमोजिम दर्ता गर्न अस्वीकार गरेमा सोउपर चित्त नबुझ्ने निबदेकले ३० दिनभित्र उद्योग विभागविरुद्ध मन्त्रालयमा र प्रदेशको निकायले त्यस्तो गरेको भए सम्बन्धित उद्योग हेर्ने मन्त्रालयसमक्ष उजुरी दिन सक्नेछ ।

यो खबर आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);