भद्रगोल कांग्रेस, केन्द्रदेखि प्रदेशसम्मका १८२ विभाग रित्तै | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

भद्रगोल कांग्रेस, केन्द्रदेखि प्रदेशसम्मका १८२ विभाग रित्तै

nepali congress

काठमाडौं, १५ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले १३औं महाधिवेशन सकिएको तीन वर्ष बित्दासमेत केन्द्रका २८ र प्रत्येक प्रदेशका २२ गरी कुल १८२ विभागलाई नेतृत्वविहीन अवस्थामा राखेको छ ।

कांग्रेसको २० देखि २३ फागुन २०७२ मा १३औं महाधिवेशन सम्पन्न भएको थियो । महाधिवेशन सकिएको तीन वर्ष बित्दासमेत कांग्रेसले रिक्त रहेका विभागलाई पूर्णता दिन सकेको छैन । विभागले पूर्णता नपाउँदा पार्टीका केन्द्रदेखि प्रदेशसम्मका नेताहरू जिम्मेवारीबाट फुर्सदिलासमेत छन् । कांग्रेस विधानमा केन्द्रमा २८ र प्रत्येक प्रदेशमा २२ गरी कुल १८२ विभाग रहने व्यवस्था छ ।

यस्तै, कांग्रेसले गत ८ पुसमा राजधानीमा सम्पन्न महासमिति बैठकबाट पार्टीको विधानलाई टुंगो लगाएर गत १२ फागुनमा बसेको पार्टी केन्द्रीय समिति बैठकबाट अन्तिम रूप दिए पनि व्यवहारमा भने विधान कार्यान्वयनको अवस्थामा गएको छैन ।
विधान कार्यान्वयन नहुँदा प्रदेश संरचनादेखि स्थानीय तहसम्मको कांग्रेसको संरचनाका विषयमा समेत केन्द्रदेखि स्थानीय तहसम्मका नेता अलमलमा रहँदै आएका छन् ।

कांग्रेस उपसभापति विमलेन्द्र निधिले भने पार्टी सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल र अर्का नेता कृष्णप्रसाद सिटौलासँग कुराकानी गरिरहेको बताए । उनले पार्टीभित्रको भागबन्डाको राजनीतिका कारण विभाग गठनमा ढिलाइ भएको भन्दै छिटै रिक्त विभागलाई पूर्णता दिने विषयमा सभापति लागेको जानकारी दिए ।

यो खबर आजको राजधानी दैनिकमा प्रकाशित छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);