समृद्धिका लागि सबै समुदायलाई परिचालन गर्नुपर्छ : भट्टराई | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८१, आइतबार

समृद्धिका लागि सबै समुदायलाई परिचालन गर्नुपर्छ : भट्टराई

baburam bhattarai

काठमाडौं, १४ असार । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले मुलुकको समृद्धिका लागि सबै समुदायलाई परिचालन गर्न सरकारलाई सुझाव दिएका छन् ।

नयाँ शक्ति पार्टी नेपालका संयोजक समेत रहेका भट्टराईले सबै समुदायको संयुक्त पहलमा मात्रै मुलुकलाई शान्त र समृद्धि बनाउन सकिने बताए । बिहीबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले समृद्धिका लागि उत्पादनमा जोड दिनुपर्ने बताए ।

पूर्व प्रधानमन्त्री भट्टराईले नेपाल आर्थिक विकासमा केन्द्रित भएको उल्लेख गर्दै त्यसका लागि उत्पादन वृद्धि र सेवा क्षेत्रको विस्तारमा लाग्नुपर्ने खाँचो औल्याए ।

पूर्व प्रधानमन्त्री भट्टराईले नेपालले पूर्वाधार विकास, उर्जा क्षेत्रको विकास र कृषिमा आधुनिकीकरण गरेर समृद्धि हासिल गर्न सकिने बताए । विकास र समृद्धिका लागि सामाजिक न्याय पहिलो सर्त भएको पूर्व प्रधानमन्त्री भट्टराईको भनाई छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);