सरकारको प्रगति देखेर आत्तिएकाहरु यतिबेला सरकारविरुद्ध प्रचारमा उत्रिएका छन् : प्रधानमन्त्री ओली | ईमाउण्टेन समाचार

Our Network

जेठ ४ २०८१, शुक्रबार

सरकारको प्रगति देखेर आत्तिएकाहरु यतिबेला सरकारविरुद्ध प्रचारमा उत्रिएका छन् : प्रधानमन्त्री ओली

pm oli bigya

ईमाउण्टेन सम्वाददाता
ताप्लेजुङ, ८ मंसिर ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वमा बनेको सरकार लोकप्रिय हुँदै गएको देखेर आत्तिएकाहरु यतिबेला सरकारका विरुद्धमा प्रचारवाजीमा लागेको बताउनु भएको छ । सोमबार फक्ताङलुंग गाउँपालिका– ६ घुन्सामा स्थापित सामुदायिक स्वास्थ्य एकाइ भवनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले,सरकार मुलुकको समृद्धिका लागि चौतर्फीरुपमा लागिपरेकाले देशको समृद्धि नरुचाउने तत्वहरु यतिबेला सरकारविरुद्ध लागेको बताउनु भएको छ ।

सो कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले, ‘हामी समृद्धिका लागि अघि बढिरहेका छौँ तर केही पक्ष लोकतान्त्रिक प्रणालीविरुद्ध भ्रम फैलाइरहेका छन्, यो कार्य त्रुटिपूर्ण हो ।’, बताउनु भएको छ ।

कार्यक्रमकै अर्को प्रसङ्गमा प्रधानमन्त्रीले छिमेकी मुलुकसँगको सम्बन्धलाई सुदृढ गर्ने नीति सरकारको रहेको पनि बताउनु भएको छ । छिमेकी भारतद्वारा मिचिएको भूमि फिर्ता लिन गर्न गरेको प्रयास, भारत र चीन दुवैसँगको सम्बन्धलाई अझ सुधार, बन्द नाका खोल्ने जस्ता कार्यले वर्तमान सरकार सफल हुँदै गएको दावि पनि प्रधानमन्त्रीले गर्नु भएको छ ।

प्रधानमन्त्रीले घुन्सा जस्तो दुर्गम गाउँ आगामी तीन वर्षमा नै सुगममा परिणत हुने बताउँदै यस क्षेत्रको विकासको आधार नै पर्यटन भएको बचतताउँदै पर्यटनको सुबिधाका लागि यातायातलगायत पूर्वाधार निर्माणमा सरकारी प्रतिबध्दता समेत ब्यक्त गर्नु भएको थियो । यस्तै कञ्चनजङ्घा क्षेत्र घुम्न आउने पर्यटकका लागि लिनुपर्ने विशेष अनुमति प्रावधान खारेज गरिने र सबै पर्यटकका लागि सो क्षेत्र खुला गरिने प्रतिबध्दता समेत प्रधानमन्त्रीले ब्यक्त गर्नु भएको थियो ।

सोहि अवसरमा प्रधानमन्त्री पत्नी राधिका शाक्यले घुन्सा आधारभूत विद्यालयका १० विद्यार्थीलाई रु पाँच लाखको छात्रवृत्तिको घोषणा गर्नु भएको थियो । दिएकी छन् । उनले ज्येष्ठ नागरिक तथा वृद्धवृद्धालाई न्यानो कपडासमेत वितरण गरेकी थिइन् । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई, प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता सुवास नेम्बाङलगायतको सहभागिता थियो ।

विश्वकै तेरुो अग्लो हिमाल कञ्चनजङ्घाको प्रवेशद्वारका रुपमा चिनिएको विकट हिमाली गाउँ घुन्सामा प्रधानमन्त्रीसहितका उच्चपदस्थ व्यक्तित्वको उपस्थितिले स्थानियहरुमा उत्साह देखिएको छ । उनिहरुले स्थानिय क्षेत्रको विकास र पर्यटन प्रवध्र्दनका लागि प्रधानमन्त्री समक्ष यो क्षेत्रमा लगाईएको विशेष अनुमति पत्र लिनु पर्ने ब्यवस्था खारेज गर्नुपर्ने, कञ्चनजङ्घा पदमार्गको स्तरोन्नति गर्नुपर्ने, घुन्सा लघु जलविद्युत्को क्षमता वृद्धि गरी खम्बाचेन, ग्याब्ला र अम्जिलासालगायत गाउँमा विद्युतीकरण विस्तार गर्नुपर्ने जस्ता आग्रह गरेका हुन् ।

यसैगरि नापी छुट भएको यो क्षेत्रकै पहिलो बस्ती खम्बाचेतका स्थानियहरुको जोतभोग रहेका जग्गा पुरानो प्रमाणपत्रका आधारमा नापी गरी लालपुर्जा उपलब्ध गराउन र यहाँका स्वास्थ्य संस्थामा दक्ष स्वास्थ्यकर्मी उपलब्ध गराइदिनसमेत स्थानीयवासीले अनुरोध गरेका छन् । ताप्लेजुंगको सदरमुकाम फुंगलिंगबाट घुन्सा पुग्न सवारी साधन र पैदल मार्ग गरि दुई दिनको समय लाग्दछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);