वर्तमान राजनीतिक प्रक्रियाबारे गलत टिप्पणी भएको प्रधानमन्त्री ओली दावी | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

वर्तमान राजनीतिक प्रक्रियाबारे गलत टिप्पणी भएको प्रधानमन्त्री ओली दावी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान राजनीतिक प्रक्रियाबारे गलत रुपमा टिप्पणी भएको बताएका छन् ।

शुक्रबार बालुवाटारमा पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री ओलीले बिहीबार राष्ट्रपति भण्डारीबाट सरकार गठनका लागि भएको आह्वानको प्रक्रियाबारे प्रष्ट पारेका हाे ।

उनले नेकपा एमालेको सरकार ढाल्न आफ्नै पार्टीका नेताहरु लागेको भन्दै असन्तुष्टि समेत व्यक्त गरेका छन् । आफ्नै दलका नेताहरुले संसद्मा विश्वासको मत नदिने देखेर नयाँ सरकार गठनको बाटो खोलेको समेत उनको भनाई छ ।

यस्तो अवस्थामा विश्वासको मत लिँदा नपाइने भएकाले संविधानको धारा ७६ को उपधारा(५) बमोजिमको सरकार गठनका लागि मार्गप्रशस्त गरेको प्रधानमन्त्री ओलीले बताए । यस्तै प्रधानमन्त्री ओलीले राष्ट्रिय सहमति कायम गर्ने र सहमतिको सरकार बनाउन प्रस्ताव समेत गरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा(५) बमोजिम सरकार बनाउन आह्वान गरेको समयसीमा शुक्रबार ५ बजे सकिँदैछ । सो अवधिसम्ममा कसैले सरकार गठनको लागि दावी पेश गर्न नसकेको खण्डमा संविधानतः संसद् विघटन गर्न सक्ने बाटो खुल्ने छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);