प्रधानमन्त्रीको आक्रोस : महाँअभियोग प्रस्ताव राष्ट्रपति विरुद्ध हैन, मेरा विरुद्ध ल्याउन आग्रह गर्छु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

प्रधानमन्त्रीको आक्रोस : महाँअभियोग प्रस्ताव राष्ट्रपति विरुद्ध हैन, मेरा विरुद्ध ल्याउन आग्रह गर्छु

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउने कुरा गलत भएको भन्दै प्रपिपक्ष विरुद्ध आक्रोस व्यक्त गरेका छन् ।

शुक्रबार बालुवाटारमा आयोजित पत्रकारहरुसंगको अन्तरक्रियामा बोल्दै प्रधानमन्त्री ओलीले राष्ट्रपतिलाई महाअभियोग लगाउने आक्रोश, कुन्ठा अथवा के हो यो भन्दै प्रश्न गरेका छन् ? राष्ट्रपतिलाई हामीले संविधानमा के अधिकार दिएका छौं ? प्रधामन्त्रीमाथि ल्याऊ न अविश्वास हैन भने राष्ट्रिय सहमतिको सरकार बनाउन सबैलाई आग्रह गरे ।

प्रधानमन्त्रीले गर्ने सिफारिसलाई राष्ट्रपतिले सदर गर्ने भन्दै राष्ट्रपतिमाथिको आक्रोश गणतन्त्रविरुद्धको खेल भएको ओलीको आरोप रहेको छ । राष्ट्रपतिमाथि लगाईको महाअभियोग गलत भएको भन्दै ओलीले गलत कार्यका थालनी प्रतिपक्षबाट भएको बताए ।

प्रधानमन्त्री ओलीले सिफारिस गर्ने काम आफूले गरेको भन्दै त्यसप्रति जवाफदेही पनि आफू नै भएको बताएका छन् । आफ्नो पार्टीको भएन भन्दैमा राष्ट्रपतिको हुर्मत अपमान गर्ने काम गर्नु गैर संवैधानिक भएको उल्लेख गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);