प्रधानमन्त्री ओलीको प्रश्नः राजीनामा गर्नुपर्छ भन्ने संविधानको कुन धारामा उल्लेख छ ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

प्रधानमन्त्री ओलीको प्रश्नः राजीनामा गर्नुपर्छ भन्ने संविधानको कुन धारामा उल्लेख छ ?

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले राजीनामा दिनुपर्छ भन्ने संविधानको कुन धारामा लेखेको छ भन्दै प्रश्न गरेका छन् । शुक्रबार प्रधानमन्त्री कार्यलय बालुवाटारमा आयोजित पत्रकारसंगको छलफलमा बोल्दै आफूले राजीनामा दिनै पर्छ भन्ने संविधानको कुनै धारामा नभएको स्पष्ट पारेका हुन् ।

प्रधानमन्त्री ओलीले धारा ७६ (५) को सरकार गठनको प्रक्रिया सुरु गर्न आफूले राजीनामा गर्न नपर्ने बताए । आफूले विश्वासको मत लिनुपर्ने संविधानमा व्यवस्था भए पनि आफूले लिन नचाहेको प्रधानमन्त्री ओलीको भनाई छ ।

मैले विश्वासको मत लिन आवश्यक ठानिन भने के गर्ने ? संविधानमा त छैन, संविधानमा छैन भने अर्को विकल्पमा जाने, विकल्प रोकिएको छैन’ओलीले भने । आफूले राजीनामा दिए पनि, मार्गप्रशस्त गरे पनि, त्यसै गए पनि धारा ७६ (५) कै प्रक्रियामा जानुपर्ने प्रधानमन्त्री ओलीको दावी रहेको छ ।

उनले आफूले राजीनामा नदिए पनि सरकार गठनका लागि संवैधानिक कदमअनुसार सबै विकल्प खुल्ला गरिसकेको समेत स्पष्ट पारे ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);