संसदको स्थायित्व चाहनेले विश्वास मत दिउँ न : प्रधानमन्त्री ओली | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

संसदको स्थायित्व चाहनेले विश्वास मत दिउँ न : प्रधानमन्त्री ओली

काठमाडौं । संविधानको मर्म अनुसार ५ वर्ष सरकार चलाउनुपर्ने भएकाले नै आफूले राजीनामा नदिएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । आज प्रतिनिधि सभामा प्रधानमन्त्रीको विश्वासको मतको विपक्षमा बोलेका नेताहरुलाई जवाफ फर्काउँदै प्रधानमन्त्रीले यस्तो बताएका हुन् । यदि आफू संविधान अनुसार पाँचै वर्ष चलाउने पक्षमा नभएको भए सुरु मै राजीनामा दिने उनले बताए ।

संसदलाई स्थिरता स्थायित्व कायम गर्नु लागि विश्वासको मत दिनुपर्ने उनको भनाई छ । संसद विघटनको चिन्ता हुनेहरुलाई विश्वासको मत दिन प्रधानमन्त्री भनेका छन् । ‘विघटन को चिन्ता पनि गर्ने अनि मत नदिई विघटन तिर पनि धकेल्ने?’ ‘संसदमा स्थायित्व चाहनेले मत दिनु न’ ।

आफैले संसद विघटन तिर धकेलेर दोष आफूलाई लगाएको भन्दै उनले अन्य नेताहरुलाई आरोप लगाएका छन् । विघटन तिर धकेलेर आफूलाई अरु विकल्प नदिएको उनको भनाई छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);