मुलुकको राजनीति रहस्यमय बाटोमा : नेता पौडेल | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

मुलुकको राजनीति रहस्यमय बाटोमा : नेता पौडेल

ramchandra poudel

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकको राजनीति रहस्यमय बाटोमा धकेलिएको बताएका छन् ।

शुक्रबार संघीय संसद भवन नयाँ वानेश्वरमा कोभिड १९ विरुद्धको खोपको दोश्रो डोज लगाएर बाहिरिदै गर्दा संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदै उनले मुलुकको राजनीति रहश्यमय बाटो अघि बढेको र सयौ संसयहरु उब्जाएको बताएका हुन् । उनले अझै पनि संसद विघटन गर्ने प्रयत्नै अझै पनि जारी नै रहेको दाबी समेत गरे ।

प्रतिनिधिसभामा विश्वासको मत लिन नसकेका प्रधानमन्त्री केपी शर्मा ओली नै पुनः प्रधानमन्त्री बन्ने अवस्था श्रृजना हुनुले मूलुकमा संका आसंका उब्जाएको उनको भनाई थियो ।

उनले भने,‘झन रहस्यमय बाटो तिर जादै छ । धेरै संसयका कुराहरु छन् । पहिलो कुरो त संसदलाई फाल्ने प्रयत्न अझै पनि जारी छ । त्यो कुरा कसरी समाधान हुन्छ । संसदले पुरा आयु बाँच्न पाउँछ कि पाउँदैन त्यो भने हेर्न बाँकी रहेको बताए ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);