भिरको चिण्डो बनेका माधव नेपाल (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

साउन ९ २०८३, आइतबार

भिरको चिण्डो बनेका माधव नेपाल (भिडियाेसहित)

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटनको सिफारिस गरे लगत्तै आफ्नै अध्यक्षका विरुद्धमा उत्रिएका पार्टी वरिष्ठ नेता माधवकुमार नेपाल यतिबेला राजनीतिको दोबाटोमा आईपुगेका छन् । नेता नेपाल आफ्नै हठका कारण यतिबेला एमालेमै रहेर राजनीतिलाई निरन्तरता दिने वा गैर एमाले भएर राजनीतिमा निरन्तर रहने भन्ने दोधारको स्थितीमा आईपुगेका हुन् ।

प्रधानमन्त्रीको सिफारिस सर्वोच्च अदालतले खारेज गरेर प्रतिनिधिसभा पुनःस्थापित भए पनि यतिबेला मुलुकको राजनीतिले गति लिन सकेको छैन । राजनीतिलाई विवादको तुवाँलोले धुमिल तुल्याईदिएको छ । मुलुकको राजनीतिसँगै सत्तारुढ दलभित्रको किचलो पनि उतिकै घनिभुत भएर देखा परेको छ । मुलतः सत्तारुढ पार्टी भित्रको किचलोका जडका रुपमा बिगतमा पार्टी नै हाँकेका पुर्व महासचिव र अध्यक्ष नै रहेका नेता नेपाल र उनको समुह देखा परेको छ । नवौं महाधिवेसनमा आफु पराजित भएको ईबि यतिबेला नेतृत्वसँग साँध्ने नाममा पार्टी भित्र शुरु भएको अराजक द्वन्दले यतिबेला पार्टीकै साखलाई धरापमा पु¥याएको छ ।

बिगतमा संसद पुनस्र्थापना भए मुलुकको राजनीतिमा देखिएका सबै समस्याको समाधान हुने बताउँदै आएका सत्तारुढ दलकै खेलाडिहरु अदालतको फैसला आएको एक महिना पुगिसक्दा पनि राजनीति सङ्लिनुको सट्टा झन् धमिलिंदै जाँदा पनि आफ्नै कुर्सी र पदको चिन्तामा आफ्नो मगज खियाईरहेका छन् । जसको झलक हिजो शनिबार प्रज्ञा प्रतिष्ठानको आँगनमै पाईएको छ । नागरिक समाजले प्रज्ञा प्रतिष्ठनमा आयोजना गरेको कार्यक्रममा आमन्त्रित भएका नेता नेपालको त्यहाँको प्रस्तुती दुविधाग्रस्त देखिएको थियो ।

एमालेमै रहने या विद्रोह गर्ने ? नेपालको यो दुविधाग्रस्त मनस्थितिकै कारण यतिबेला सिंगो पार्टीले समेत गति लिन सकेको स्थिती छैन । एमाले पार्टी भित्रको आन्तरिक समिकरणको गणितलाई हेर्ने हो भने नेपालको स्थिती कमजोर हुँदै गएको अनुभुत गर्न सकिन्छ । अदालतले फागुन २३ गते तत्कालिन सत्तारुढ दल नेकपालाई विघटन गर्ने फैसला सुनाएकै भोलिपल्ट फागुन २४ गते माओवादी केन्द्रको मुख्यालय पेरिस डाँडामा देखिएका नेपाललाई यतिबेला एमाले मुख्यालय छिर्नै सकस परिरहेको छ ।

नेता नेपालको यो मनोदशा प्रज्ञाको आँगनमा शनिबार आयोजित कार्यक्रममा समेत देखिएको थियो । सामान्य स्तरका नागरिक देखि देशका बुद्धिजिवीहरुले पनि अदालतले फैसला दिए लगत्तै राजनीति सहि बाटोमा आउने सोच बनाएका थिए । तर, महिना नाघिसक्दा पनि राजनीति जहाँको त्यहिं नै अडिएर बसेको छ, सत्तारुढ दल भित्रको रडाको झन्झन् चर्किंदो छ । यो सँगै सत्तामा विपक्षीदलहरुको अमुर्त हानाथाप शुरु भएको छ । तर, कसैले सरकार बनाउने दावि त के सरकार विरुद्ध अविश्वासको प्रस्तावसम्म ल्याउने आँट जुटाउन सकेको देखिएको छैन ।

आफ्नै आँट र बर्र्कतले राजनैतिक निर्णय लिन नसक्ने, तर अर्काले बनाइ तुल्याई गरिदिए खानका लागि हानाथाप गर्नेहरुको लर्कोले धमिल्याएको राजनीतिमा नेपाल पक्षबाट भई आएका कामकारवाहीले सत्तारुढ दल नै यतिबेला अप्ठेरोमा छ । पार्टीभित्रको वातावरण धमिल्याएर खेल्न खोजेका नेपाल पछिल्लो क्रममा भने विलखबन्दमा परेको उनकै अभिब्यक्तिले समेत दर्शाएको छ । प्रज्ञामा शनिबार आफ्नो निरिहता जाहेर गर्दै नेपालले, फागुन २३ गते अदालतले आफुलाई त्यही पार्टीमा घोक्र्याएर पठाइदिएकाले बडो अप्ठ्यारो अवस्थामा, बिलखबन्दको अवस्थामा आफु पुगेको निर्धक्कसँगै बताएका थिए ।

तर, आफु यो अबस्थामा पुग्नुका पछाडि आफु नै कारण रहेको भने शायद त्यहाँ उल्लेख गर्नु उनले उपयुक्त ठानेनन् । तर पार्टीभित्र अन्तरविरोध रहेको बताएका उनले त्यो अन्तर विरोध वैचारिक, सैद्धान्तिक या पद र प्रतिष्ठामा केन्द्रित रहेको थियो त्यो भने उनले त्यहाँ खुलाउन आबश्यक ठानेनन् । अहिले एमालेमा सल्किएको झगडाको बिउ सिद्धान्त र विचारको नभएर नेपाल पक्षले पद र प्रतिष्ठासँग जोडेको भन्ने कुरा जगलाई थाहा छ ।

हो, पुर्व कोशी प्रान्तिय कमिटीबाट नेकपा माले हुँदै आजको एमाले पार्टी बन्नमा माधव नेपालको लगानीको अबश्य छ । तर, यतिबेला नेता नेपालले उठाएका कदमहरुले एमाले प्रतिको निष्ठालाई भने जाहेर गर्दैन । अदालतको फैसला पार्टीको हित अनुकुल नरहेको उनको ठहर नै हो भने, नेपालले कानुनी सवालमा नअल्झि राजनैतिक निर्णय लिन सक्नु पर्ने थियो । पार्टी एकताकै निरन्तरताको पक्षमा लाग्नु पर्ने हुन्थ्यो ।

अदालतले फैसला सुनाउँदै गर्दा उनि जुन जगमा उभिएका थिए, त्यहीं उनको निरन्तर उपस्थिती अपेक्षित थियो । तर, नेपालबाट अपेक्षा गरिएको जस्तो भने पाईएन । जसले उनको एमालेप्रतिको निष्ठालाई पनि जाहेर गर्दैन । पछिल्लो चरणमा पनि उनि तत्कालिन नेकपाभित्रैको बासी किचलो झिकेकै कारण पार्टीभित्र आफु प्रतिकुल वातावरण बनेकोमा यतिबेला उनि विलखबन्दको स्थितीमा पुगेका हुन् ।

नेपालले अहिलेको यो स्थितीका पछाडि ज–जसलाई पोले वा अर्घेलो देखाएपनि यसका लागि उनि आफैं जिम्मेवार छन् । ज्यामिरको बिरुवा रोपेर सुन्तला त पक्कै पनि चाख्न पाईन्न होला । त्यसमाथी राजनीतिमा देखिने यस्ता भ्रमपुर्ण खेलको परिणाम त तत्कालै भोग्नु पर्ने हुन्छ । जसको तयारीमा नेता नेपाल आजैबाट जुटे हुन्छ ।

Leave a Reply

ताजा समाचार