जसपाको रणनीतिः पाए अन्त नपाए लखनेका जन्त (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

चैत २७ २०८०, मंगलबार

जसपाको रणनीतिः पाए अन्त नपाए लखनेका जन्त (भिडियाेसहित)

ढिलो गरी नेपाली कांग्रेस सरकारको नेतृत्व लिने निर्णयमा पुग्यो । यद्यपी कांग्रेसको एउटा पक्ष यो निर्णयलाई लिएर त्यती उत्साहित देखिंदैन । काँग्रेसले गरेको यो निर्णयसँगै विवादकै बिचमा भएपनि नेपाली राजनीतिमा पछिल्लो चरणमा जनता समाजवादी पार्टी (जसपा) को महत्व एकाएक बढेर गएको छ । सरकार र सरकार ढाल्ने प्रयत्नमा रहेका दुबै पक्षसँगको मोलतोलको केन्द्रमा यतिबेला जसपा आईपुगेको छ ।

प्रधानमन्त्री केपी ओलीसँग जसपाले सरकारको समर्थन र सरकारमा सामेल हुनका लागि लामै समयदेखि मोलतोल गर्दै नै आएको हो । तर, यहिं जसपाको अर्को पक्ष सरकार विराधी मोर्चामा रहेका नेपाली काँग्रेस र माओवादी केन्द्रलाई सरकार परिवर्तन गर्नैका लागि आवश्यक पर्ने संख्या पु¥याई दिन र सरकारमा सम्मानजनक स्थान प्राप्तीका लागि मोलतोलमा ब्यस्त देखिएको छ ।

मुलुकका अघिल्ला राजनैतिक घटनाक्रमलाई दृष्टान्तका रुपमा लिने हो भने जसपाको अहिलेको अबस्था र बिगत २०५१ ताकाको राप्रपाको अबस्था ठ्याक्कै उस्तै देखिएको छ । तर, २०५१ मा सत्ता समिकरणका लागि तत्कालिन राप्रपाका नेताहरुमा देखिएको त्यो हुटहुटीको परिणाम लगत्तै देखिएको थियो । पार्टी नै चिरा चिरामा विभक्त भएको थियो । सत्ता र शक्तीका लागी जेस्तो आउँछ, त्यही नै उपभोग गर्ने रणनीतिले पार्टी नै तहस नहस भएको बिगतको राप्रपाको नियती भोग्ने बाटोमा यतिबेला जसपाको नेतृत्वमा रहेका एकथरि नेताहरु सकृय देखिएका छन् ।

जसपाभित्र सरकारको पक्ष र विपक्षमा देखिएका नेतामा पार्टीका आधारभुत एजेण्डालाई सत्तासँगको विनिमयको माध्यम बनाउने प्रवृती देखिएको छ । मुलुकको राजनीतिले मुलुकलाई ‘अर्ली ईलेक्सन’ को बाटोमा लगिसकेको छ । स्वयं सरकारको मनस्थिती पनि त्यस्तै देखिन्छ । यस्तोमा यतिबेला प्रधानमन्त्री ओलीसँग नजिक रहेका जसपा नेता महन्थ ठाकुर र राजेन्द्र महतो लगायतको सोच र सरकारका विरुद्धमा जुनसुकै हठकण्डा अपनाउन पनि पछि नपर्ने रणनीति बनाएर बसेका उपेन्द्र यादव र डा. बाबुराम भट्टराई बिच जसपाभित्र ठूलै रस्साकस्सी देखिएको छ ।

पार्टीभित्रको यो विवाद सरकारमा पुग्ने र केही भए पनि सुविधा र समृद्धि थप गर्नेबाहेक जसपा नेतृत्वमा अर्को चासो देखिएको छैन । जसपाभित्रको यहि प्रवृतीले यतिबेला परिवर्तनको आधार बनेका कतिपय एजेण्डा नै ओझेलमा पर्ने देखिएको छ । नेपालको राजनैतिक परिवर्तनका सम्वाहक बनेका कतिपय नेताको सत्ता र शक्तीमा देखिएको यो पछिल्लो आशक्ती, ब्यक्तीगत कुण्ठा र प्रतिशोधमुखी चिन्तनले राजनीति र सरकार दुबैलाई अस्थिर मात्रै बनाएको छैन, राजनीतिलाई नै खरिदबिक्रीको घिनलाग्दो खलो बनाईदिएको छ ।

पछिल्लो समय नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा प्रधानमन्त्रीविरुद्ध विकल्प दिने र सरकार निर्माण गर्ने निर्णय गरेसँगै जसपाको ओलीसँग सहकार्य गर्न हिंडेको एउटा पक्ष सरकारलाई आफ्ना अनुचित एजेण्डा पूरा गराउन बाध्य पार्ने रणनीतिमा देखिएको छ । टीकापुर काण्डका नाईकेका रुपमा यतिबेला जेलमा रहेका जसपा सांसद रेशमलाल चौधरीलाई रिहा गर्नै पर्ने जसपाको अडानका कारण सरकारले जसपासँग वार्ता गर्न कै लागि वार्ता टोली नै गठन गर्न बाध्य बनेको छ ।

अहिलेको संसदको गणितले, नेपाली कांग्रेस वा माओवादी केन्द्रमात्रैको प्रयासमा नयाँ सरकार सम्भव छैन । हुनत सत्ताधारी पार्टी एमाले आफैंपनि गम्भीर संकटमा छ । एमालेभित्रको असन्तुष्टिसँगै बढेको समानान्तर संगठन निर्माणको क्रमले एमालेलाई समेत एक ढिक्का राखिरहने अबस्था देखिएको छैन । पार्टी विचार, नीति र आदर्श केहीलाई पनि नटेकि पार्टी नेतृत्वका विरुद्ध एमालेभित्र चलाईएको यो अभियानकै कारण यतिबेला सरकारलाई नै अस्थिर बनाउने खेल पार्टी भित्रैबाट शुरु भएपछि प्रतिपक्षी दलहरुको च्याँखे धर्ना शुरु भएको हो ।

जसमा जसपाले सरकार र सरकार विरुद्ध रहेका दुबैसँगको मोलमोलाईलाई निरन्तरता दिएर आफुलाई ‘पाए अन्त नपाए लखनेका जन्त’ को रणनीतिलाई अख्तियार गरेको छ । तर, यतिबेला सरकार विरुद्ध लागेका राजनैतिक दलले बुझ्नै पर्ने अर्को तथ्य,सत्तारुढ दल नेकपा अहिले नै विभाजन भईहाल्ने अबस्थामा भने पुगेको छैन । पछिल्लो चरणमा एमालेभित्रको असन्तुष्ट समुहले शुरु गरेको समानान्तर संगठनको अवधारणालाई नै टेकेर पार्टी फुटि नै हाल्यो भन्नु राजनीतिक अल्पज्ञान ठहर्न सक्दछ ।

तर सत्तारुढ दलभित्रको किचलोलाई लिएर यतिबेला सरकार विरुद्ध सुरु गरिएको यो राजनैतिक वितण्डा मुलतः मुलुकको राजनैतिक वातावरणलाई धमिल्याउने अभिप्रायबाट प्रेरित भएको भन्दा अन्यथा नठहर्ला । प्रधानमन्त्री ओलीसँगको ब्यक्तिगत रिस राग र पुर्वाग्रहबाट प्रेरित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको यो अभियानमा यतिबेला आफुलाई राजनीतिको दिग्गज भनाई माग्नेहरु पनि सामेल भएर मुलुककै राजनीतिलाई दुर्गन्धित बनाउने जुन प्रयास भईरहेको छ, त्यसको एक पाटोमा जसपा नै रहेको छ ।

बिगतमा राजनितीक अस्थिरताको जडका रुपमा आलोचित हुँदै आएको जसपा र योसँग सम्बद्ध नेताहरुले मुलुकको अहिलेको यथार्थ राजनीतिलाई बुझेर बिगतमा आफुमाथी लाग्दै आएको आरोपलाई पुनः पुष्टी नगरिदिए राजनीतिले पनि सहि दिशा लिने अपेक्षा गर्न सकिन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);