सत्ताको सौदाबाजीमा नाफा नोक्सानको हिसाब (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

सत्ताको सौदाबाजीमा नाफा नोक्सानको हिसाब (भिडियाेसहित)

बिगतमा नेपाली काँग्रेस र नेपालका बामपन्थी पार्टीमै रहेर राजनीति शुरु गरेका केही नेताहरुद्वारा आफु संलग्न पार्टीभित्रै विद्रोह गरि संलग्न पार्टीकै विकल्पमा पहिचानवादी राजनीतिको शंखघोष गरिएको थियो । त्यही राजनीति धारलाई समाएर अलग अलग पार्टी निर्माण गरेर पछि एकिकृत भएर जनता समाजवादी पार्टी(जसपा) बनाएका मधेसवादी दलहरु आफ्नो राजनैतिक विचारलाई संस्थागत गर्नु भन्दा पनि काँग्रेस र कम्युनिष्टलाई नै मलजल गर्न यतिबेला एक आपसमै भिड्ने र टुटफुट हुने स्थितीमा आईपुगेका छन् ।

बिगतमा बिभिन्न चिरामा रहेका मधेसवादी दलहरु लामो छलफल, सल्लाह र सहमतीपछि जसपाका नाममा एकिकृत भएका थिए । तर यतिबेला जसपा भित्रै कांग्रेसका शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने कि एमालेका केपी शर्मा ओलीको सरकारलाई निरन्तरता दिने सवालमा शुरु भएको विवाद पछिल्लो चरणमा पार्टी नै विभाजन हुने स्थितीमा आईपुगेको छ । बिगतमा सत्ताको खेलमा संसदभित्र सांसदहरु चोर्ने विकृत अभ्यास देखेका आम नेपालीले यतिबेला जसपाभित्रै त्यो विकृत रुप देख्न थालेका छन् ।

जसपाभित्र विवादको दुई धारका रुपमा देखिनुभएका महन्थ ठाकुर र राजेन्द्र महतोको एउटा समुह र उपेन्द्र यादव डा. बाबुराम भट्टराईको अर्को समुहबिच यतिबेला पार्टीमा को बलियो र कसको कार्यनीति कार्यान्वयनमा आउने भन्ने सवालमा पार्टीकै सांसद र केन्द्रीय कार्यकारिणी सदस्यहरुलाई एक अर्काका पक्षमा तानातान भैरहेको छ । खासगरि जसपाभित्रको नेतृत्वमा रहेका उपेन्द्र यादव, जो केही समय अगाडिसम्म प्रधानमन्त्री ओलीकै सरकारका उप प्रधानमन्त्री समेत हुनुहुन्थ्यो, उहाँ प्रधानमन्त्री ओलीलाई प्रतिगमनको नायक भन्दै विस्थापन गर्न चाहिराख्नु भएको छ ।

यादवको यो अडानलाई जसपाकै अर्का नेता डा. बाबुराम भट्टराई लगायतको साथ छ । तर, जसपाकै अर्का नेता महन्थ ठाकुर लगायत उनको पक्ष बिगतका मधेस आन्दोलनको क्रममा सयौं कार्यकर्तामाथि लगाइएका मुद्दा फिर्ता लिने र संविधान संशोधनका लागि गृहकार्य थाल्ने प्रतिबद्धता वर्तमान प्रधानमन्त्री ओलीले दिनुभएकै कारण यि सबै काम सम्पन्न गर्नैका लागि भएपनि सरकारमा ओलीकै निरन्तरता रहनु पर्ने अडानमा कायम रहेको छ । महन्थको अडानमा जसपाकै अर्का नेता राजेन्द्र महतो लगायत नेताहरुको साथ रहेको छ ।

जसपाभित्रको यो हानाथापको राजनीलिाई हेर्दा यतिबेला मधेसी राजनीतिमा प्रतिगमनको धुन र सहकार्यको रागबीच नेताहरूबीचको यो पवित्र–अपवित्र साँठगाँठले सत्ता राजनीति भावनात्मक खेल होइन, यसले जनताका आम चाहनालाई प्रतिबिम्वित गर्दैन, मात्रै यसमा नाफा–नोक्सानको विशुद्ध सौदाबाजी हेरिन्छ भन्ने तथ्यलाई स्पष्ट पारिदिएको छ । र यतिबेला जसपामा सत्ताको भावी स्वरुपलाई लिएर नेतृत्वतहमै हानाथाप शुरु भएको छ । यहि हानाथापले यतिबेला जसपालाई एक ढिक्कामा राखिराख्ने सम्भावनालाई क्षीण बनाईदिएको छ ।

योसँगै जसपामा देखिएको यो पछिल्लो विवादले मधेसी समाजले जसपा नेतृत्वले दावी गर्दै आएको प्रतिगमन र सहकार्य बिचको विभेदबारे सोच्नै पर्ने भएको छ । जसपाले राजनीतिक आधार नै बनाएको वर्तमान संविधानका केही धारा र दफामा परिवर्तन चाहन्छ । बिगतमा बिभिन्न समयमा आफ्ना पहिचानवादी मुद्दालाई लिएर मधेसमा भएका आन्दोलनका क्रममा राज्यद्वारा आफ्ना सैयौं नेता र कार्यकर्ताहरुमाथी लगाईएका मुद्दा फिर्ता र वर्तमान संविधानका केही असमान धाराहरुमा जसपा संविधानकै संशोधन चाहन्छ ।

जसपाको यो मागमा प्रधानमन्त्री ओली सकारात्मक हुनु मात्रै भएको छैन केही राजनैतिक मुद्दाहरु त फिर्ता पनि भईसकेको अबस्थामा महन्थ ठाकुर पक्ष ओलीकै निरन्तरता चाहिरहेको छ, थप मुद्दा समेत किनारा लगाउनका लागि । यस सन्दर्भमा ओलीको निरन्तरताका पछाडि जसपाले बोकेको पहिचानवादी धारलाई मजबुत बनाउनका लागि सहायक सिद्ध हुने ठाकुरहरुको तर्कमा केही भएपनि आधार भने छ ।

बिगतदेखि नै आफ्ना मागलाई खाली चेकमा भन्दा पनि नगद मै फरफारक गर्नु पर्ने भन्दै आएको जसपा, पछिल्लो समय वर्तमान सत्ताकै निरन्तरता वा नयाँ सत्ता समिरणमा जाने बिषयमा शीर्ष नेतृत्वबिच देखिएको यो विवादकै कारण मुलुकको राजनीति नै अस्थिर देखिएको छ । एमाले नेतृत्वको ओली सरकारको निरन्तरता वा गैह्र एमाले नेतृत्वमा नयाँ सत्ता सकिमरणका लागि यतिबेला जसपा नै निर्णायक शक्ती बन्न पुगेको हो ।

तर, एकमुष्ट जसपा जता ढल्क्यो, त्यही शक्तीशाली बन्ने अहिलेको सन्दर्भमा फुटेको जसपा सरकार टिकाउने वा नयाँ सरकार बनाउने दुबै समुहका लागि “बाँदरको पुच्छर लौरो न हतियार” जस्तै बन्ने निश्चित नै छ । त्यसैले पनि सत्ताको नाफा नोक्सानमा केन्द्रीत जसपा नेतृत्वको हिसाब फफारक हुने स्थिती पनि देखिएको छैन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);