स्वीडेनका प्रधानमन्त्री स्टेफन लोफभेनेद्वारा पदबाट राजिनामा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

स्वीडेनका प्रधानमन्त्री स्टेफन लोफभेनेद्वारा पदबाट राजिनामा

एजेन्सी । स्वीडेनका प्रधानमन्त्री स्टेफन लोफभेनले पदबाट राजिनामा दिएका छन् ।

अघिल्लो सोमबार संसदमा अविश्वासको प्रस्तावमा मतदान हुँदा विश्वासको मत प्राप्त गर्न नसकेपछि काम चलाउ प्रधानमन्त्रीको हैसियतमा जिम्मेवारी सम्हाल्दै आएका उहाँले पदबाट राजीनामा दिएका हुन् ।

नियमित निर्वाचन हुनुभन्दा एक बर्ष अगाडि उनले विश्वासको मत गुमाएर राजीनामा दिनु परेको हो । कोरोना भाइरसको महामारी चलिरहेका बेला मुलुक निर्वाचनमा जानुपर्ने अवस्था आउन सक्ने भन्दै चिन्ता पनि व्यक्त भइरहेको छ ।

महामारीको बेलामा निर्वाचनमा जानु गम्भीर चुनौतीपूर्ण अवस्था भएको र यो स्वीडेनका लागि राम्रो नभएको उनले बताए । लोफभेनले राजीनामा दिएसँगै सभामुखले नयाँ प्रधानमन्त्री चयनका लागि प्रक्रिया अगाडि बढाउनु हुनेछ ।

नयाँ सरकार नबन्दासम्म भने अहिलेकै सरकारले काम चलाउ सरकारका रूपमा पनि काम गरिरहने व्यवस्था रहेको छ । स्वीडेनको संसदले लिएको यो निर्णयले विघटन हुने खतराबाट संसद जोगिएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);