सरकारको विश्वास मत प्रस्ताव : नेपाल–खनाल पक्षमा अलमलमा | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

सरकारको विश्वास मत प्रस्ताव : नेपाल–खनाल पक्षमा अलमलमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि प्रतिनिधि सभामा लिने विश्वासको मत माथिको प्रस्तावमा के गर्ने भन्ने रणनीतिमा जुटेको नेकपा एमालेको नेपाल–खनाल पक्षमा आफै अनिर्णित देखिएको छ ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफ्ना माग सम्बोधन नगरेसम्म असहयोग गर्ने बताउँदै आएको नेपाल खनाल पक्षले भोलि कसरी प्रस्तुत हुने भन्ने निर्णयमा पुग्न सकेको छैन । शनिबार साँझ मात्रै प्रतिनिधि सभा बैठक बस्नु अघि सांसद पदबाट सामूहिक राजीनामा गर्ने निचोडमा पुगेको यो पक्षमा सो कुरामा समेत विवाद देखिएको छ ।

नेपाल–खनाल पक्षका केही सांसद पदबाट राजीनामा दिने पक्षमा भए पनि केही सांसदहरु पदबाट राजीनामा दिँदा जनमतको अपमान हुने र आफूहरु कमजोर हुने अडानमा छन् । यसै विषयमा छलफल गर्न आज सो पक्षका नेता र सांसदको जुम बैठक बस्दै छ ।

नेपाल–खनाल पक्षले सांसद पदबाट सामूहिक राजिनामा दिने, वा फ्लोर क्रस गरेर प्रधानमन्त्रीको विश्वासको मतलाई असफल गराई सरकारलाई गिराउने रणनीति बनाएको छ । फ्लो क्रस गरेर सरकारलाई असफल गराउँदा पनि एमाले बाहेकको गठबन्धनको सरकार नबन्ने र फेरि एमाले र केपी ओली नेतृत्वकै चुनावी सरकार बन्ने भएपछि सरकार र एमालेलाई असफल गराउन बैठक अघि नै सांसदले सामूहिक राजीनामा दिने तयारी सो पक्षले गरेको छ ।

नेपाल–खनाल पक्षका सांसदले प्रतिनिधि सभा बैठक अघि सामूहिक राजीनामा दिए एमाले बाहेकको गठबन्धनलाई सरकार बनाउन आवश्यक मत पुग्ने आंकलन छ । माधव समूह जनता समाजवादी पार्टी (जसपा)का कति सांसद प्रधानमन्त्रीको पक्षमा उभिन्छन् र त्यही अनुसार रणनीति बनाउने भनेर अलमलमा परेको छ ।

सरकारलाई विश्वासको मत दिने विषयमा जसपामा विवाद छ । महन्थ ठाकुर लगायतका नेता सरकारको पक्षमा छन् भने उपेन्द्र यादव, बाबुराम भट्टराई लगायतका नेता भने सरकारको विपक्षमा छन् ।

सरकारको विरुद्ध कसरी जाने भन्ने विषयमा अझै पनि ठोस निर्णय नभएको नेपाल–खनाल पक्ष एमाले सांसद यज्ञराज सुनुवारले बताए । ‘अहिलेसम्म ठोस निर्णय भएको छैन, छलफल चलिरहेको छ, छलफलबाट निष्कर्ष निस्किएला’, सुनुवारले भने ।

आइ.एन.ए

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);