नेपाल पक्षका सांसदले तत्काल राजीनामा नदिने, संसदको बैठकमा अनुपस्थित हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

नेपाल पक्षका सांसदले तत्काल राजीनामा नदिने, संसदको बैठकमा अनुपस्थित हुने

काठमाडौं । नेकपा एमालेका माधव कुमार नेपाल पक्षले तत्काल राजीनामा नदिने निर्णय गरेको छ । सिंहदरबारमा बसेको बैठकबाट नेपाल पक्षले यस्तो निर्णय गरेको हो ।

नेपाल पक्षका केही सांसदले पदबाट राजीनामा दिने विषयमा असन्तुष्टि जनाएपछि यस्तो निर्णयमा पुगेको बताइएको छ । नेपाल पक्षका दुई सांसद राजीनामा दिनमा अस्विकार गर्दै बैठक समेत बहिष्कार गरेका थिए ।

यसका साथै बैठकले आजको प्रतिनिधि सभाको बैठकमा सहभागी नहुने निर्णय समेत गरेको छ । आज प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनका लागि बोलाइएको प्रतिनिधि सभाको बैठकमा नेपाल पक्षका सांसद उपस्थित नहुने निर्णय गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);