निर्णय फेरिइरहन्छन्, उहाँहरु बैठकमा आउनुहुन्छ : प्रमुख सचेतक भट्टराई | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

निर्णय फेरिइरहन्छन्, उहाँहरु बैठकमा आउनुहुन्छ : प्रमुख सचेतक भट्टराई

काठमाडौं । नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले आजको प्रतिनिधि सभा बैठकमा माधव नेपाल पक्षका सांसद पनि सहभागी हुने बताएका छन् ।

प्रतिनिधि सभा बैठकमा उपस्थित हुनको लागि पार्टी संसदीय दलले सबै सांसदलाई ह्विप जारी गरिसकेकोले सबै सांसद उपस्थित भएर प्रधानमन्त्रीको विश्वासको मतको पक्षमा मतदान गर्ने उनले बताए ।

प्रमुख सचेतक भट्टराईले नेपाल पक्षले निर्णय फेरिरहने भएकाले बैठकमा उपस्थित नहुने बताए पनि सो पक्षका सांसदहरु उपस्थित हुने दाबी गरेका छन् । भट्टराईले नेपालका पक्षका सांसदहरुले हिजोसम्म राजीनामा दिने भनेपनि आज राजीनामा नदिने निर्णयमा पुगेको बताउँदै सो पक्षको निर्णय बद्लिने रहने बताएका हुन्।

‘त्यो त फेरिइरहन्छ नि निर्णय, हिजो बेलुका राजीनामा दिने भन्ने थियो, अहिले फेरि अनुपस्थित भन्ने आएको छ, हेरौँन भरे कस्तो हुन्छ, मैले बुझेसम्म उहाँहरु आउनुहुन्छ’, भट्टराईले भने ।

यसैक्रममा नेकपा एमालेका सबै सांसदलाई विश्वासको मत दिनका लागि ह्विीप जारी गरिएको छ । यस्तो ह्विीप उल्लंघन गर्नु गम्भीर कुरा भएको बताउँदै भट्टराईले ह्विीपविरुद्ध जानेलाई कारबाही गरिने बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);