डा. गोविन्द केसी शिक्षा समितिमा सहभागी | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८१, आइतबार

काठमाडौं, १३ भदौ । प्रतिनिधिसभा शिक्षा तथा स्वास्थ्य समितिको ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५’ माथिको दफावार छलफलमा वरिष्ठ चिकित्सक गोविन्द केसी पनि सहभागी भएका छन् ।

बुधबार समितिको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ माथिको दफावार छलफलमा वरिष्ठ चिकित्सक केसी पनि सहभागी भएका थिए । तर, उनले सो विधेयकमाथिको छलफलमा भने भाग लिएनन् ।

विधेयकका बारेमा आफूले सरकारसँग सम्झौंता गरिसकेकाले समितिको बैठकमा छलफलमा भाग लिन नसकिने अडान लिँदै उनले बैठकमा सो सम्बन्धमा लिखित धारणा राखे ।

समितिको बैठकमा वरिष्ठ चिकित्सक केसीले लिखित धारणा राख्दै आफूसँग भएको सम्झौता बमोजिम संसदबाट यथाशीघ्र सो विधेयक पारित गराउन पहल गरिदिन समिति समक्ष आग्रह गरे ।

उनले प्रधानमन्त्री केपी ओलीले आश्वासन दिएकाले सो विधेयक आफूसँग भएको नौं बुँदै सहमति अनुसार परिमार्जन गरी पारित हुने विश्वास व्यक्त गरेका छन् ।

वरिष्ठ चिकित्सक केसीले मेडिकल शिक्षाको नियमन तथा यसबारे कानुन र नीति निर्माणको काम अन्तर्राष्ट्रिय मापदण्ड अनुसार गर्न पनि संघीय सरकार र सांसदहरुको गम्भिर ध्यानाकर्षण गराए ।

उनले नागरिकको स्वास्थ्य सेवामा सहज पहुँच र सबै विद्यार्थीले मेडिकल शिक्षा हासिल गर्न सकुन भन्ने उद्देश्यका साथ आफूले १५ औं पटकसम्म सत्याग्रह गर्नु परेको स्पष्ट पारे ।

समितिको अर्को बैठक बिहीबार बिहान ११ बजेका लागि बोलाइएको छ । समितिको सो बैठकमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ का सम्बन्धमा नेपाल मेडिकल एशोसिएशनसँग छलफल गर्ने कार्यसूचि तय गरिएको समितिका जेष्ठ सदस्य मानबहादुर विश्वकर्माले जानकारी दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);