डा. केसीसँग गरिएको सहमति अनुसार चिकित्सा शिक्षा विधेयक पारित गर्न माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

डा. केसीसँग गरिएको सहमति अनुसार चिकित्सा शिक्षा विधेयक पारित गर्न माग

dr govinda kc

काठमाडौं, २९ पुस । नेपाल चिकित्सक संघका अध्यक्ष मुक्तिराम श्रेष्ठले वरिष्ठ चिकित्सक गाेबिन्द केसीसँग गरिएको सहमति अनुसार सो विधेयक पारित नगरे सरकारविरुद्ध कडा प्रतिकारमा उत्रने चेतावनी दिएका छन् ।

आईतबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले वरिष्ठ चिकित्सक केसी आफूसँग भएको सहमति विपरित सो विधेयक संसदमा पेश गरिएकोमा आपत्ति जनाउँदै आमरण अनसनमा बसेको उल्लेख गर्दै सो समस्या समाधानका लागि तत्काल वार्ता गर्न पनि प्रधानमन्त्री केपी शर्मा ओलीसँग माग गरे ।

संघका पूर्व अध्यक्ष केदारनरसिंह केसीले वरिष्ठ चिकित्सक केसीसँग गरिएको सहमति अनुसार सो विधेयक पारित नगरे प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने माग गरे । भएको सहमति पालना नगर्ने सरकार रहिरहन नहुने उनको तर्क थियो ।

पूर्वअध्यक्ष केसीले सहमति पालना गर्न नसक्ने भए सरकारले किन गोविन्द केसीसँग सहमति गरेको भनि पटकपटक प्रश्न गरेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);