विवेकशील नेपाली दलको काठमाडौंमा प्रदर्शन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

विवेकशील नेपाली दलको काठमाडौंमा प्रदर्शन

काठमाडौं, १२ माघ । विवेकशील नेपाली दलले वरिष्ठ चिकित्सक गोविन्द केसीसँग गरिएको सहमति विपरित सरकारले ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक’ पारित गरेको उल्लेख गर्दै शनिबार काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।

माफियाको सर्वोच्चता कामय हुनेगरी डा. केसीसँग गरिएको सहमति विपरित सो विधेयक पारित गरिएको भन्दै विवेकशील नेपाली दलले शनिबार काठमाडौंको माईतीघर मण्डलाबाट नयाँ बानेश्वरसम्म ¥यालीसहितको विरोध प्रदर्शन गरेको हो ।

गोविन्द केसीसँग गरिएको सहमति विपरित सरकारले माफियाको सर्वोच्चता हुनेगरी विधेयक पारित गरेपछि त्यसको विरोध गर्नु परेको दलका अध्यक्ष उज्वल थापाले जानकारी दिए । प्रदर्शनका क्रममा दलका नेता÷कार्यकर्ताले डा. केसीसँग गरिएको सहमति विपरित विधेयक पारित गरिएको भन्दै प्रधानमन्त्री केपी ओलीको राजीनामा माग गर्दै चर्का नाराबाजी समेत गरेका थिए ।

दलले संसदीय सर्वोच्चताको नाममा माफियाको सर्वोच्चता हुने गरी सो विधेयक पारित गरिएको उल्लेख गर्दै नागरिक सर्वोच्चता स्थापित गराउन सडक संघर्ष सुरु गरिएको पनि स्पष्ट पारेको छ । अध्यक्ष थापाले सरकारले अनसनरत डा. केसीको माग सम्बोधन नगरेसम्म सडक संघर्ष जारी राख्ने चेतावनी दिए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);