निर्वाचनको तयारीबारे आयोगद्वारा दलसँग परामर्श | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

मतदातामैत्री मतपत्र बनाउन दलहरुको सुझाव

काठमाडौं, २ माघ । निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको तयारीबारे राजनीतिक दलहरुसँग परामर्श गरेको छ । निर्वाचन आयोगले मंगलबार प्रमुख पाँच राजनीतिक दलका नेताहरुलाई निर्वाचन आयोगमा बोलाएर निर्वाचनको तयारीबारे परामर्श गरेको हो ।

आयोगले राजनीतिक दलहरुलाई राष्ट्रियसभा निर्वाचनको निर्देशिका तयारीको विषयमा पनि परामर्श गरेको थियो । ३ दिन भित्र तयार हुने गरी आयोगले राष्ट्रियसभाको निर्वाचन निर्देशिका बनाउने कामलाई अघि बढाएको छ । बैठकमा राजनीतिक दलका नेताहरुले मतपत्र मतदातामैत्री बनाउन निर्वाचन आयोगलाई सुझाव दिएका छन् ।

आगामी माघ २४ गते राष्ट्रियसभा निर्वाचन हुँदैछ । आयोगका प्रवक्ता नवराज ढकालले निर्वाचन प्रभावित नहोस भनेर सरकार र राजनीतिक दलहरुलाईसमेत प्रदेश प्रमुख तोक्ने काममा ढिलाई नगर्न पटक–पटक आग्रह गरिएको स्मरण गराए ।

छलफलमा नेकपा (एमाले) का नेताहरु सुवास नेम्बाङ, अग्नि खरेल, नेपाली कांग्रेसका बालकृष्ण खाँड, रमेश लेखक, नेकपा (माओवादी केन्द्र) का नारायणकाजी श्रेष्ठ, देव गुरुङ, रामनारायण बिडारी, संघीय समाजवादी फोरम नेपालका राजेन्द्र श्रेष्ठ र राष्ट्रिय जनता पार्टी नेपालबाट महन्थ ठाकुरलगायतका नेताहरु सहभागी भएका थिए । छलफलमा निर्वाचन आयुक्तहरु नरेन्द्र दाहाल, इश्वरी प्रसाद पौड्याल र सुधीरकुमार शाह तथा आयोगका सचिव बेगेन्द्रराज शर्मा पौड्यालको उपस्थिती रहेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);