निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको मिति घोषणा गर्न सरकारलाई सुझाव | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको मिति घोषणा गर्न सरकारलाई सुझाव

election-comission

काठमाडौं, १९ पुष । निर्वाचन आयोगले माघ २५ गतेका लागि राष्ट्रियसभा निर्वाचनको मिति घोषणा गर्न सरकारलाई सुझाव दिएको छ ।

मंगलबार साँझ प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोधिप्रसाद यादवले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटी राष्ट्रियसभा निर्वाचनको मिति माघ २५ गतेका लागि घोषणा गर्दा उपयुक्त हुने सुझाव दिएका हुन् । भेटका अवसरमा प्रधानमन्त्री देउवाले निर्वाचन आयोगको परामर्श अनुसार नै आगामी बिहिबार मन्त्रिपरिषद् बैठकबाट निर्वाचनको मिति घोषणा हुने जानकारी दिए ।

प्रधानमन्त्रीसँगको भेटमा आयोगका सचिव बेगेन्द्रराज शर्मा पौड्याल पनि सहभागी थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);