राष्ट्रियसभा निर्वाचनको मौन अवधि आज रातिबाट सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

राष्ट्रियसभा निर्वाचनको मौन अवधि आज रातिबाट सुरु

rastra sava

काठमाडौं, ६ माघ । आगामी बिहिवार हुने राष्ट्रिय सभा निर्वाचनका लागि आज राती १२ बजेबाट मौन अवधि शुरु हुदै,मौन अवधिमा उम्मेदवारले प्रचार प्रसार गर्न नपाउने ।

निर्वाचन आयोगका अनुसार, सोमबार राति १२ पछि राजनीतिक दल तथा तिनका उम्मेदवारको मौन अवधि सुरु हुनेछ ।निर्वाचन आचारसंहितामा निर्वाचनको ४८ घण्टाअघिदेखि प्रचार प्रसार गर्न नपाइने उल्लेख छ । आयोगका अनुसार, सञ्चारमाध्यमले पनि यो अवधिमा दल र तिनका उम्मेदवारको पक्षमा प्रचार गर्न पाउँदैनन् ।राष्ट्रियसभाको रिक्त हुन लागेका १८ सिटका लागि यही माघ ९ गते बिहीबार निर्वाचन हुँदैछ ।सातवटै प्रदेशमा हुने निर्वाचनमा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गरेर राष्ट्रियसभाका भावी सदस्य छनोट गर्नेछन् ।

निर्वाचन आयोगद्वारा जारी बिज्ञप्तिमा निर्वाचनको मौन अवधिमा निर्वाचन आचारसंहिता कडाइका साथ लागु गर्ने जनाइएको छ । आयोगले मौन अवधिमा आचार संहिताको पूर्णपालना गर्न गराउन सम्पूर्ण निर्वाचन सरोकारवालासँग आग्रह गरेको छ ।

आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्ष रूपमा सम्पन्न गर्ने गराउने कार्यमा सहयोग पु¥याउन पनि सबै मतदाता, उम्मेदवार, राजनीतिकर्मी, निर्वाचनमा संलग्न कर्मचारी, समाजसेवी, पत्रकार, विभिन्न पेशा तथा व्यवसायमा संलग्न व्यक्ति लगायत आमनागरिकलाई निर्देश गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);