राष्ट्रपति निर्वाचनका लागि राती १२ बजेबाट मौन अवधि शुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

राष्ट्रपति निर्वाचनका लागि राती १२ बजेबाट मौन अवधि शुरु

काठमाडौं, २६ फागुन । फागुन २९ गते हुने राष्ट्रपति निर्वाचनका लागि अाज राती १२ बजेपछि निर्वाचनको मौन अवधि शुरु हुँदैछ । मौन अवधि शुरु भएपछि निर्वाचन सम्पन्न नहुन्जेलसम्म राजनीतिक दल, उम्मेदवार भएका व्यक्तिहरु, राजनीतिक दलका पदाधिकारीहरु, नागरिक समाज, आम मतदाताले कुनै पनि प्रकारका चुनावी प्रचार प्रसारमा संलग्न हुन नपाइने निर्वाचन अायाेगले जनाएकाे छ ।

आम सञ्चार माध्यमले समेत निर्वाचनलाई प्रभाव पार्ने गरी कुनै पनि राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा समाचार प्रकाशन-प्रशारण गर्न, मत सर्वेक्षण गर्न र त्यसको परिणाम प्रकाशन वा प्रसारण नगर्न  अायाेगले स्पष्ट पारेको छ ।

निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र मर्यादित ढङ्गले सञ्चालन गर्नको लागि मौन अवधिको पूर्ण पालना गर्न आयोगका प्रवक्ता नवराज ढकालले सरोकारवाला समक्ष अनुरोध गरेका छन् ।

मौन अवधिमा पालना गर्नुपर्ने कुराहरु :
१. निर्वाचन प्रचार प्रसार गर्न र मत माग्न नहुने,

२. मौन अवधि शुरु हुनुभन्दा अगाडि मतदानकेन्द्रको ३०० मिटर वरिपरी राखिएका आ– आफ्ना निर्वाचन चिन्ह तथा प्रचार र प्रसारका सामग्री हटाएको हुनुपर्ने,

३. एस.एम.एस, फेसवुक, भाईवर जस्ता बिद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक संजालमार्फत मत माग्न र निर्वाचन प्रचार प्रसार गर्न नहुने,

४. उम्मेदवार वा राजनीतिक दलको प्रचार प्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न नहुने ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);