राष्ट्रपति निर्वाचन : मौन अवधि सुरु, सञ्चारमाध्यममा पनि निर्वाचन सम्बन्धि प्रचार प्रसार गर्न नपाइने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

राष्ट्रपति निर्वाचन : मौन अवधि सुरु, सञ्चारमाध्यममा पनि निर्वाचन सम्बन्धि प्रचार प्रसार गर्न नपाइने

काठमाडौं, २३ फागुन । राष्ट्रपति निर्वाचनका लागि गएको मध्यरातदेखि मौन अवधि सुरु भएको छ । फागुन २५ गते बिहीबार हुने राष्ट्रपतिको निर्वाचनका लागि आइतबार मध्यरातदेखि मौन अवधि सुरु भएको भन्दै निर्वाचन आयोगले निषेधको अवधिमा प्रचार प्रसार गर्न नपाइने सबैलाई स्मरण गराएको छ ।

निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म प्रचारप्रसार निषेधको अवधि लागु हुने निर्वाचन आचारसंहिता, २०७९ मा व्यवस्था गरिएको छ,” आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उक्त व्यवस्थाबमोजिम राष्ट्रपतिको निर्वाचनका लागि मतदानको दिन फागुन २५ गते मतदान केन्द्र बन्द नभएसम्म प्रचारप्रसार निषेधको अवधि कायम रहने व्यहोरा सम्बन्धित राजनीतिक दल, उम्मेदवार, मतदाता र सम्बद्ध सबैलाई अवगत गराइएको छ । आयोगले कुनै पनि माध्यमबाट मत माग्न र प्रचार प्रसार नगर्न भनेको छ ।

यो अवधिमा निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तक्र्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न, उम्मेदवाको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न, मत माग्न, एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालबाट मत माग्न, आचारसंहिता विपरीत वक्तव्य दिन, प्रेस विज्ञप्ति निकाल्न, प्रकाशन तथा प्रसारण गर्न, सञ्चारमाध्यमबाट जीत–हारको पूर्वानुमानका सामग्रीहरु प्रसारमा रोक लगाइएको छ । आयोगले मुलुकको सर्वाेच्च र गरिमामय पद राष्ट्रपतिको निर्वाचनमा निर्वाचन कानून र आचारसंहिताको पालना गराई निर्वाचनको स्वच्छता र मर्यादा कायम गर्न आयोग सम्बन्धित सबैलाई आग्रह गरेको छ । बिहीबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदानको समय तोकिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);