उपराष्ट्रपति निर्वाचन : आज राति १२ बजे देखि प्रचारप्रसार गर्न नपाइने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

उपराष्ट्रपति निर्वाचन : आज राति १२ बजे देखि प्रचारप्रसार गर्न नपाइने

काठमाडौँ, ३० फागुन । आगामी चैत्र ३ गते हुने उपराष्ट्रपतिको निर्वाचनका लागि आज राति १२ बजेदेखि प्रचारप्रसार गर्न नपाइने भएको छ । आगामी चैत ३ गते हुुने उपराष्ट्रपति पदको निर्वाचनका लागि आज राति १२ बजेदेखि प्रचारप्रसार निषेधको अवधि लागू हुने गर्ने भएको हो ।

मतदान हुने दिनभन्दा ४८ घण्टा अगावै आज रातिदेखि मतदान केन्द्र बन्द नहुन्जेलसम्म निषेधको अवधि लागू गरेको आयोगले जनाएको छ । निर्वाचनका लागि आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी २०७९ फागुन १७ गतेदेखि चैत ५ गतेसम्म कायम रहने गरी निर्वाचन आचारसंहिता, २०७९ जारी गरिसकेको छ ।

निर्वाचनका लागि अष्टलक्ष्मी शाक्य (बोहरा), ममता झा र रामसहायप्रसाद यादव उम्मेदवार रहेका छन् । प्रमिला कुमारीले आफ्नो समर्थन यादवलाई रहने घोषणा गरिसकेकी छिन् ।

 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);