काठमाडौं, ६ माघ । एमसीसी संझौताका बिषयमा नेकपाका राष्ट्रिय सभा सांसदद्वारा परराष्ट्रमन्त्री ज्ञवालीसंग छलफल,एमसीसीवारे पार्टी भित्र एउटै धारणा बनाउने प्रयास ।
सोमबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकमा सांसदहरुले एमसीसीका विषयमा देखिएका विवाद सम्बन्धमा मन्त्री ज्ञवालीसँग छलफल गरेका हुन । नेकपा राष्ट्रिय सभाका सांसद खिमलाल भट्टराईले दल भित्र एमसीसीका विषयमा एउटै मत बनोस भन्ने उद्देश्यले छलफल गरिएको जानकारी दिनुभयो ।
सरकारले गरेको अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी सहायता सम्बन्धी सम्झौतामा नेकपाका नेताहरुबीच एउटै धारणा बन्न सकेको छैन ।पार्टीभित्र एमसीसीका विषयमा बढिरहेको विवाद समाधान गर्न र एमसीसीका विषयमा स्पष्ट हुन भन्दै नेकपाको राष्ट्रिय सभा संसदिय दलले परराष्ट्र मन्त्री ज्ञवालीसँग छलफल गरेको हो ।




