निर्वाचनमा नेताहरूलाई सुरक्षाकाे चिन्ता, दलहरुलाई विश्वासमा लिन सुझाव | ईमाउण्टेन समाचार

Our Network

चैत १७ २०८२, बुधवार

निर्वाचनमा नेताहरूलाई सुरक्षाकाे चिन्ता, दलहरुलाई विश्वासमा लिन सुझाव

काठमाडाैं । राजनीतिक दलहरुले सरकारले आगामी फागुन २१ गते हुने निर्वाचनको सुरक्षाको विषयलाई लिएर चिन्ता व्यक्त गरेका छन् । निर्वाचन आयोगले निर्वाचन कार्यतालिकाका सन्दर्भमा राजनीतिक दलहरुसँग आयोजना गरेको छलफलमा दलहरुले सुरक्षाको विषयलाई प्राथमिकताका साथ उठाएका हुन् ।

जनता समाजवादी पार्टी, नेपालका नेता प्रकाश अधिकारीले निष्पक्ष निर्वाचन हुनेमा विश्वास दिलाउन आवश्यक रहेको बताउनुभयो । उहाँले राजनीतिक दलहरुलाई विश्वासमा लिएर निर्वाचन गर्न आफूले आयोगलाई सुझाव दिएको बताउनुभयो । निर्वाचन आफैमा जटिल विषयवस्तु भएको उल्लेख गर्नुहुँदै उहाँले हाल देश नै जटिल अवस्थाको बेलामा हुन लागेको निर्वाचनलाई विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।

नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले सबै राजनीतिक दलसँगको सहमति र सुझावको आधारमा निर्वाचनको कार्यतालिका ल्याउनुपर्ने बताउनुभयो । निर्वाचनको लागि सरकारले र आयोगले सुरक्षाको प्रत्याभुति दिनुपर्ने बताउनुभयो ।

आयोगले राष्ट्रिय सुरक्षा परिषद्सँग छलफल गरेर देशभरीको सुरक्षा व्यवस्थाको जानकारी लिनुपर्ने उहाँको भनाइ छ । उहाँले निर्वाचन अपरिहार्य भएको बताउनुभयो । उहाँले आयोगले सबै राजनीतिक दलसँग छलफल गर्नुपर्ने बताउनुभयो ।

विदेशमा रहेका र नेपालभित्रै पनि एक क्षेत्रबाट अर्को क्षेत्रमा मतदान गर्ने पाउने कुरा उठेको उल्लेख गर्नुहुँदै उहाँले त्यस्तो गर्न नहुने बताउनुभयो । सम्बन्धित निर्वाचन क्षेत्रबाट मात्रै मतदान गर्ने व्यवस्था गर्नुपर्ने उहाँको भनाइ छ । उहाँले निर्वाचनमा दलहरुबीच गठबन्धन गर्न नपाउने व्यवस्था गर्नुपर्ने पनि बताउनुभयो ।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आयोगले राजनितिक दलसंग प्रतिनिधि सभाको अन्तर्गतको पहिलो हुने निर्वाचन प्रणाली र समानुपातिका निर्वाचण प्रणालीको निर्वाचन कार्यतालिकाका बारेमा छलफल गरेको जानकारी दिनुभयो । उहाँले दलहरुसँगको छलफलबाट अन्तिम रुप दिईसकेपछि राजपत्रमा प्रकाशित गर्ने बताउनुभयो ।

माघ ११ गते हुने राष्ट्रिय सभाको निर्वाचन, मतदाता नामावली लगायतका बारेमा छलफल गरिएको उल्लेख गर्नुभयो ।

Leave a Reply