काठमाडाैं । नवनियुक्त मधेस प्रदेशका प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले पदभार ग्रहण गर्नुभएको छ । बिहीबार मधेस प्रदेशमा पुगेर कर्णले पदभार ग्रहण गर्नुभएको हो ।
पदभार ग्रहण गरेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले सबै मिलेर काम गरे समस्या समाधान हुने बताउनुभयो । सीताको धर्तीमा सबै सीतारुपी सांसदहरुले स्वागत गर्दा आफू खुशी भएको बताउनुभयो । सबैसँग सहकार्य र समन्वय गरेर नै आफू अघि बढ्ने बताउनुभयो ।
उहाँले आफूलाई जिम्मेवारी बोध भएको र त्यहीअनुसार काम अघि बढाउने बताउनुभयो । सबै प्रदेशवासी मिलेर प्रदेश अघि बढाउनुपर्ने बताउनुभयो । विधिको शासन सबैले मान्नुपर्ने बताउनुभयो ।





