विद्यार्थी संगठनहरुलाई स्ववियु निर्वाचनमा लाग्न पार्टी नेताहरुको आग्रह | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

विद्यार्थी संगठनहरुलाई स्ववियु निर्वाचनमा लाग्न पार्टी नेताहरुको आग्रह

१० माघ, काठमाण्डौं । राजधानिमा आइतवार आजको विद्यार्थी राजनिति र रुपान्तरणको चुनौतिहरु विषयक विचार गोष्ठी सम्पन्न भएको छ । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मिति घोषणा गरेसँगै पार्टि नेताहरुले विद्यार्थी संगठनहरुलाई तयारीमा लाग्न आग्रह गरेका छन ।

विद्यार्थी संगठनहरुलाई स्ववियु निर्वाचनमा लाग्न पार्टी नेताहरुको आग्रह

विवेक अर्याल

१० माघ, काठमाण्डौं । राजधानिमा आइतवार आजको विद्यार्थी राजनिति र रुपान्तरणको चुनौतिहरु विषयक विचार गोष्ठी सम्पन्न भएको छ । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मिति घोषणा गरेसँगै पार्टि नेताहरुले विद्यार्थी संगठनहरुलाई तयारीमा लाग्न आग्रह गरेका छन ।

विभिन्न विवादकाबीच विद्यार्थी संगठनहरुले ८ वर्षदेखि हुन नसकेको निर्वाचन हुने भएपछि विद्यार्थी संगठनका नेताहरुले उमेर हदबन्दीको विषयमा मतभेद नगरी अगाडि वढ्ने र अब निर्वाचन स्थगित गर्न नहुने अनेरास्ववियु क्रान्तिकारी का उपाध्यक्ष…. पञ्चा सिंह उपाध्यायले जनाउनुभयो ।
 
२०७३ साल फागुन १४ गते मिति सार्वजनिक गरेको छ । उमेर हदबन्दीको विषयलाई लिएर विद्यार्थी संगठनबीच विवाद वढ्न थालेपछि पार्टिका नेताहरुले विद्यार्थी नेताहरुलाइ उमेर हदवन्धी स्वीकार्न आग्रह गरेका हुन् । अवको निर्वाचनमा उमेर हदलाइ स्किार गर्दै आचारसंहिता र आर्थिक पारदर्सितालाइ पालना गर्नुपर्नेमा नेकपा एमालेका नेता खिमलाल भट्टराईले वताउनुभयो।

त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थि युनियन निर्वाचनको लागि २८ वर्ष उमेर हदवन्धी तोकेको छ विषेश गरी नेपाल विद्यार्थी संघमा यो विवाद देखिएकाले नेपाली कांग्रेसका नेता गुरु प्रसाद घिमिरेको आग्रह छ ।

नेपाल तरुण दलले समेत नेपाल विद्यार्थी संघका नेताहरुलाई २८ वर्ष उमेर हद भएपनि यसलाइ स्विकार गरेर लाग्नुपर्ने सुझाव नेपाल तरुण दलका महासचिव भुपेन्द्र जगं शाही को भनाइ छ । अरु संगठन निर्वाचनको तयारीमा जुटिसकेकोले अव नेपाल विद्यार्थी संघ पनि निर्वाचनमा होमिने वताएको छ ।

विसं २०६५ यता त्रिविमा स्ववियु निर्वाचन हुन सकेको छैन । यसअघि पनि त्रिभुवन विश्वविद्यालयले धेरै पटक स्ववियु निर्वाचन गर्ने निर्णय गरे पनि विद्यार्थी संगठनबीच विवाद  वढ्दै जादा  निर्वाचन हुन सकेको थिएन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);