निर्वाचनमा जुटे विद्यार्थी संगठन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

निर्वाचनमा जुटे विद्यार्थी संगठन

नम्रता भट्टराई । १८ माघ, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मिति घोषणा गरेसँगै विद्यार्थी संगठन तयारीमा लागेका छन् ।

स्ववियु निर्वाचनको कार्यतालिका अनुसार आज उम्मेदवारी दर्ता हुँदै

नम्रता भट्टराई । १८ माघ, काठमाडौं ।  त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मिति घोषणा गरेसँगै विद्यार्थी संगठन तयारीमा लागेका छन् ।

विभिन्न विवादकाबीच विद्यार्थी संगठनहरुले ६ वर्षदेखि हुन नसकेको निर्वाचन हुने भएपछि तयारी सुरु गरेका हुन । विद्यार्थी संगठनका प्रतिनिधिहरुले उमेर हदबन्दीको विषयमा मतभेद भए पनि निर्वाचनको समयसम्म सहमति हुने भन्दै अब निर्वाचन स्थगित गर्न नहुने बताएका छन् । २०७३ साल फागुन १४ गतेका लागि त्रिभूवन विश्वविद्यालयले स्ववीयू निर्वाचनको मिति तय गरेको छ ।

विश्वविद्यालयले उमेर हदबन्दीको व्यवस्था गरेपछि विद्यार्थी संगठनहरुबीच विवाद उत्पन्न भएको छ । विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनको लागि २८ वर्ष उमेर हदवन्धी तोकेको छ । यसअघि पनि पटक–पटक स्ववियु निर्वाचन गर्ने निर्णय गरे पनि विद्यार्थी संगठनबीच समझदारी नहुँदा निर्वाचन हुन सकेको थिएन । विश्वविद्यालयले विद्यार्थी संगठनहरुबीच छलफल गरेर नै निर्वाचनको मिति तोकिएको दाबी गरेको छ ।

स्ववियु निर्वाचन तोकिएकै मितिमा हुनेमा विश्वस्त रहेको एमाले सम्बद्ध अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले तयारी तीव्र पारेको छ । निर्वाचनका लागि माओवादी सम्बद्ध अनेरास्वीयु क्रान्तिकारीले पनि आन्तरिक तयारीलाई तीव्र बनाएको छ । कांग्रेस सम्बद्ध नेपाल विद्यार्थी संघ पनि निर्वाचनका लागि तयार भएको दाबी गर्दै आएको छ । तर, त्रिवि केन्द्रीय क्याम्पस विद्यार्थी समाजले भने उमेरहद बन्दीले विद्यार्थीको हकअधिकार सुनिश्चित हुन नसक्ने बताउँदै आएको छ ।

पटक पटक स्ववियुले निर्वाचनको मिति घोषण गरे पनि अन्तिम अवस्थामा बिभिन्न बहानामा निर्वाचन रोकिने गरेको थियो । तर पनि ठूला विद्यार्थी संगठनहरु निर्वाचनको पक्षमा देखिएपनि केही विद्यार्थी संगठनहरु विरोधमा उभिएका छन् । यसले निर्वाचन के हुन्छ भन्नेमा आशंका जन्माएको छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);