स्ववियु निर्वाचनको सरगर्मी बढ्दो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

स्ववियु निर्वाचनको सरगर्मी बढ्दो

swabiyu nirbachan

काठमाडौं, ८ माघ । त्रिभुवन विश्वविद्यालयले आगामी फागुन १४ गते स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको तोकेसँगै विद्यार्थी संगठनहरु चुनावी तयारीमा जुटेका छन् । यसपालिको स्ववियु निर्वाचनमा मुलभुत रुपमा शैक्षिक क्षेत्रमा भईरहेको विकृती अन्त्य गरी सर्वसुलभ शिक्षामा सबैको पहुुँच हुनुपर्ने विद्यार्थी संगठनहरु बताउँछन् ।

स्ववियु निर्वाचनमा प्रमुुख प्रतिद्वन्द्वी नेकपा निकट अनेरास्ववियु र नेपाली काँग्रेस निकट नेबिसंघ नै हुन् । ती दुवै संगठन स्थापना भएको आधाशताब्दी भन्दा धेरै भइसकेको छ । स्ववियू निर्वाचनलाई विद्यार्थी नेताहरुले विद्यार्थीका समस्या समाधान गर्ने नेताका रुपमा भन्दा आफुलाई राष्ट्रिय राजनितिमा उभ्याउने माध्यम बनाएका छन् । यसकारण विद्यार्थी संगठनहरुको भुमिका प्रभावकारी हुन सकिरहेका छैन । स्ववियु निर्वाचन नजिकदै गर्दा विद्यार्थी संगठनहरुले आश्वासनको पोको भने बाड्न थालीसकेका छन् ।

विद्यार्थी संगठनले आफ्ना पुराना मुद्दाहरुलाई पनि समय अनुसार परिर्वतन गरिरहँदा पनि प्राथमिक विद्यालयदेखी विश्वविद्यालयसम्मका समस्या समधान हुन सकेको छैन । शिक्षामा ब्यापार, खस्कदो गुणस्तर ज्यूँकात्यु छन् । तर यसपाली नेपाल विद्यार्थी संघले सस्तो र सर्वशुलभ शिक्षालाई चुनावी मुद्दा बनाएको छ ।

राष्ट्रिय राजनितिमा मधेसको मुद्दा उठाउदै आएकोे समाजवादी विद्यार्थी युनियनले बिश्वविद्यालय स्तरमा हुने गरेको राजनीतिक भागबन्डालाई अन्त्य गर्नु पर्ने पक्षमा छ ।

प्रत्येक दुुई–दुुई वर्षमा हुुने स्ववियु निर्वाचन २०६५ सालयता सबै क्याम्पसमा हुुन सकेको छैन् । त्रिबिको बिनियमावलीमा संशोधन गरेर २०६९ सालमा २८ वर्षे उमेर हदबन्दी र मिश्रित निर्वाचन प्रणालीमा स्ववियु निर्वाचन गर्ने व्यवस्था गरिएको थियो । तर विद्यार्थी संगठनबीच उमेर हदबन्दी र निर्वाचन प्रणालीमा सहमती हुन नसक्दा २०७३मा देशका २५० क्यामपसमा मात्र निर्वाचन भएको थियो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);