फागुन १४ गते हुने भनिएको स्ववियु चुनाव अनिश्चित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

फागुन १४ गते हुने भनिएको स्ववियु चुनाव अनिश्चित

swobiyu nirwachan

काठमाडौं, ३ फागुन । आगामी फागुन १४ गते गर्ने भनिएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन अनिश्चित बनेको छ । त्रिभुवन विश्वविद्यालयले विद्यार्थी संगठनलाई दोष लगाएर चनावको सम्भावना अस्वीकार गरेको छ भने विद्यार्थी संगठनहरुले त्रिविले कार्यतालिका नैं सार्वजनिक नगर्दा निर्वाचनबारे अन्योल बढेको आरोप लगाएका छन ।

आगामी फागुन १४ गते गर्ने भनिएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन नहुने अनिश्चित भएको छ । विद्यार्थी संगठनहरुको सहमतिमा त्रिभुवन विश्वविद्यालयले निर्वाचन घोषणा गरेको थियो । तर, निर्वाचन आउन केही दिनबाँकी रहँदा समेत त्रिभुवन विश्वविद्यालयले कुनै कार्यतालिका सार्वजनिक गरेको छैन भने बिद्यार्थीहरुलेसमेत आन्तरिक तयारी गरेका छैनन् ।

जनमत परिक्षणका हिसावले निकै महत्वका साथ हेरिने स्वतन्त्र विद्यार्थी युनियन चुनाव ८ वर्षपछि गत ०७३ सालमा भएपनि सवै क्याम्पसमा सम्भव भएको थिएन । त्यसपछि हरके दुइ वर्षमागर्ने भन्दै आगामी १४ गतेको मिति सार्वजनिक गरिएपनि फेरि अनिश्चित भएको छ । स्ववियु चुनाव अनिश्चित भएपनि विद्यार्थी संगठनहरु प्रतिस्पर्धी संगठन तथा त्रिवी पदाधिकारीलाई दोष पन्साएर चोखिन थालेका छन् ।

प्रतिबन्धित कालमा राजनीतिक गतिविधि संचालन गर्ने थलो बनेको स्वतन्त्र विद्यार्थी यूनियन लोकतन्त्र र गणतन्त्रसम्म आन्दोलनको जग मानिन्छ । तर, लोकतन्त्र आएसँगै स्वतन्त्र विद्यार्थी युनियनको चुनाव नियमित भइरहेको छैन भने विद्यार्थी संगठनको भूमिका पनि थप कमजोर बनिरहेको छ । विद्यार्थी संगठनहरु आफैभित्र झगडामा हराइ रहेका छन् ।

नेपाल विद्यार्थी संघ पनि आन्तरिक झगडाले थलिएको छ भने अनेरास्ववियु र क्रान्तिकारीबीच एकता नहुँदा कम्युनिष्ट पार्टी समर्थित बिद्यार्थी संगठनबीचमा पनि स्ववियु निर्वाचनका विषयमा अन्योल छ । तर, आपसी विवादले स्ववियु निर्वाचनमा कुनै असर नपार्ने भन्दै विद्यार्थी संगठनहरुले त्यसको दोष त्रिविलाई लगाएर उम्कन खोजेका छन् । उनीहरुले स्ववियु निर्वाचन हुन नदिने षड्यन्त्र भइरहेको आरोप लगाएर आफू चोखिइरहेका छन् ।

स्ववियु निर्वाचन नहुँदा विश्वविद्यालयमा अनियमिता बढेको, पदाधिकारीको मनोमानी चलेकोसहितका आरोप विद्यार्थीसंगठनहरुले लगाइरहेका छन् । तर, विश्वविद्यालयको शैक्षिक क्यालेण्डर लागू नभएको, क्लासरुमा मापदण्ड कायम हुन नसकेको र करिकुलममा समेत समस्या रहेका विषय उठाउन नसक्दा विद्यार्थी संगठनको औचित्यमा प्रश्न उठिरहेको छ । सधै राजनीतिकमुद्दा देखाएर राजनीतिको खुडकिलो मात्र बनाउने हो भने स्ववियुको औचित्यमाथि नै प्रश्न उठ्ने निश्चित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);