स्वतन्त्र विद्यार्थी युनियनको चुनाव जेठ ३० मा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

स्वतन्त्र विद्यार्थी युनियनको चुनाव जेठ ३० मा


काठमाडौ, १० चैत। स्वतन्त्र विद्यार्थी युनियनको चुनाव जेठ ३० मा हुने भएको छ।

पाँच बुँदे माग राखेर ४८ दिनदेखि बसेको रिले अनशन बसेको नेपाल विद्यार्थी
संघ र त्रिभुवन विश्वविद्यालयबीच यस्तो सहमति भएको हो ।

त्रिभुवन विश्वविद्यालयले आगामी जेठ ३० गते स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन गर्नेलगाएतमा सहमति भएको हो ।

त्यस्तै त्रिविले स्ववियु निर्वाचन गर्नका लागि यही चैत २५ गते सर्वपक्षीय छलफल गर्ने, त्रिवि र नेविसंघ विश्वविद्यालयबीच विगतमा भएका २३ बुँदे सम्झौतामध्ये कार्यान्वयन हुन बाँकी बुँदा यथाशीघ्र कार्यान्वयन गर्ने, कोरोना भाइरसका कारण ढिलो सञ्चालित परीक्षाको नतिजा यथाशीघ्र प्रकाशन गर्ने, त्रिविको शैक्षिक पात्रोलाई अनुसरण गर्न सम्बन्धित निकायलाई निर्देशन दिने सहमति भएको बताइएको छ ।

यस्तै त्रिवि समाजशास्त्र केन्द्रीय विभागको समस्या समाधान गर्ने सन्दर्भमा आवश्यक छलफल एवम् परामर्श गरी दुई महिनाभित्र राय सुझाव पेश गर्न ३ सदस्यीय समिति गठन गर्ने सहमति भएको छ ।

त्रिविका तर्फबाट शिक्षाध्यक्ष प्राध्यापक डाक्टर शिवलाल भुसाल र नेविसंघ विश्वविद्यालय समितिका तर्फबाट अध्यक्ष डाक्टर श्यामकृष्ण अधिकारीले हस्ताक्षर गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);