जेठ अगाडि स्थानीयतहको चुनाव हुन्छ, चुनाव हुदैन भन्ने प्रश्न नै छैन : गुरुङ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

जेठ अगाडि स्थानीयतहको चुनाव हुन्छ, चुनाव हुदैन भन्ने प्रश्न नै छैन : गुरुङ

नेपालको पछिल्लो राजनीतिक घटनाक्रमहरु दिनानुदिन परिर्वतन हुँदै जान थालेको छ । नजिकै रहेको स्थानीय, प्रदेश र संघ तिनै तहको चुनाव कहिले हुन्छ भन्ने विषयले देशको रानीतिक माहोल तातिरहेको छ ।

सत्तारुढ गठबन्धनका दलहरु जेठ अगाडि नै स्थानीयतहको चुनाव गर्ने भन्नेबारेमा सहमति भए पनि निर्वाचनको मिती भने टुंगो लागाउन सकिरहेका छैनन् । विकसित राजनीतिक घटनाक्रम स्थानीयतहको निर्वाचन र नेपाली कांग्रेसको अबको बाटो बारेमा नेपाली कांग्रेसका उप–सभापति धनराज गुरुङ संग सन्दिप शर्मा रिजालले गरेको कुराकानी

तपाईं प्रायःजसो पार्टी नेतृत्वको कार्यशैली प्रती अलोचना गर्ने तथा विरोध गर्ने गर्नुहुन्थ्यो, अहिले आफै पार्टीको नेतृत्व (पदाधिकारी)मा आउनु भएको छ । अब यहाँले कांग्रेस भित्र कस्तो खालको परिवर्तन ल्याउने काम गर्नु हुन्छ ?

हिजोको दिनमा वास्तवमा पार्टीलाई विधि,विधानको बाटोमा हिडाउनका लागि प्रश्न गर्ने नेतृत्वको आलोचना गर्ने गरीन्थ्यो । भने आज म यो ठाउँमा आई पुगेपछि कांग्रेसलाई विधि र विधानकोबाटोमा हिडाउन प्रयत्नरत छु । त्यसैले मुख्य कुरा विधिसम्मत ढंगबाट पार्टीलाई हिडाल्न सकियो भने मात्रै रुपान्तरण हुन्छ ।

मुख्य कुरा के हो भने, हामी प्रजातन्त्रवादीहरुले विधिको शासन स्थापित गराउनु पर्छ । पार्टीमा नै विधिको शासन स्थापित गराउन सके मात्रै मुलुकमा पनि फेरी विधिको शासन स्थापन गर्न सकिन्छ । त्यसैले प्रजातन्त्र अथवा लोकतन्त्र भनेकोखाली यो वाचनका लागि मात्रै नभएर यो जिवन पद्घतिको लागि पनि हो । जिवन शैलीका लागि पनि हो । त्यसैले म मेरो कार्यकालमा म पार्टीलाई विधि र पद्घतिमा हिडाउन म प्रयासरत रहने छु ।

यहाँले विधि र पद्घतिको कुरा गरिरहदाँ पार्टीको भर्खरै सम्पन्न १४ औं महाधिवेशनबाट, कांग्रेस भित्र गुटको अन्त्य भयो भन्नेखालका नारा पनि लगाउनु भयो । तर तपाईंहरु नै अहिले आफै संस्थापन इतर पक्ष भनेर बैठक डाक्न शुरु गर्नु भएको छ नि ? तपाईंहरुले गुट फेरी बिउँताउन खोज्नुभएको हो ? यहाँले कुरा गरेको विधि र पद्घति यहि हो ?

होइन… होइन…, शेरबहादुर देउवा निर्वाचित पार्टी सभापति संग चिया खाएर बस्दा समाचार बन्दैन, तर सभापतिको अर्का प्रतिस्पर्धी डा.शेखर कोइराला संग चिया खाएर बस्दा समाचार बन्ने, यो बढो नेपाली राजनीतिमा देखिएको भन्नुुहोस् अथवा नेपाली पत्रकारीतामा देखिएको विडम्बना हो भन्ने मलाई लाग्छ ।

केन्द्रीय समितीको बैठक पछि सभापति संग हामी डेढ घण्टा बस्यौं, त्यस बसाइमा हामीले सभापति संग पार्टीकै विषयमा छलफल गरेका हौं । पार्टी सञ्चालनका सन्दर्भमा छलफल गरेका हौं, त्यसको समाचार बनेन अब डा. शेखर कोइरला संग छलफलमा बस्दा पार्टी सञ्चालनका बिषयमा छलफल गर्दा गुटको बैठक भन्ने त भएन नि ?“हारेको उमेदवार संग कुनै पनि छलफल गर्न हुदैन भन्ने हो भने, हारेका अरु उम्मेदवारहरु लाई पनि मनोनयन गर्न भएन” नि । अब यसलाई गुटबन्दी गरेको भन्दा पनि पार्टी सञ्चालनका बिषयमा सल्लाह सुझाब लिन छलफल गरेको भन्ने कोणबाट हेर्न जरुरी छ । हामीले कहिले पनि हाम्रो चालिस प्रतिशत कोटा खै त? भनेका छैनौं नि । भागबन्डा मागेका छैनौं । त्यसैलेयसलाई गुटबन्दी भन्न मिल्दैन ।

जेठ अगाडि नै स्थानीय निकायको चुनाव गर्ने भन्ने सत्तागठबन्धन भित्र सहमति जुटेपनि मिति तोकि सकिएको छैन । यसो हुनुको पछाडि विपक्षी दल संग गठबन्धन डराएको भन्ने खालको विश्लेषण हुन थालेको छ नि ?

होइन…, कहाँ डराउनु । कांग्रेस प्रजातान्त्रिक पार्टी हो । इतिहासमा एक पटक पनि कांग्रेस चुनाव संग डराएको छैन । पहिलो संविधानसभामा कांग्रेसको पराजित हुन्छ भन्ने सुचनाहरु प्राप्त भै रहदा पनि कांग्रेस हारे पनि देशले जित्नु पर्छ भन्ने हाम्रो पार्टीका नेता गिरीजाप्रसाद कोइराला होइन र ? त्यसकारण हामी केन्द्रमा देश र जनतालाई राखेर चुनावमा जाने हो । निर्वाचनको मिति तत्काल घोषणा नभएर के भयो अझै समय छ । संविधान संग बाझिने हकमा ऐन र नियमहरुलाई मिलाउनु पर्ने होला । त्यहि भएर मिती घोषणा गर्न ढिलो भएको हो ।

त्यसो भए जेठ अगाडि नै चुनाव हुन्छ त ?

एकदम, “जेठ अगाडि चुनाव हुन्छ । जेठअगाडि चुनाव हुदैन भन्ने प्रश्न नै छैन” ।

यहाँले प्रधानमन्त्रीलाई सुझावहरु दिने गर्नु भएको छ वा छैन ? यदि दिने गर्नु भएको छ भने तपाईंले दिनुभएको सुझावलाईउहाँले कसरी लिने गर्नु भएको छ ?

मैले पार्टी सभापति तथा प्रधानमन्त्री ज्यू लाई भेटवार्ता हुदाँ हरेक कुरामा सुझावहरु दिएकै छु । हामीले सुझाव दिने हो उहाँले त्यसको कार्यान्वयन पनि गर्दै जाने हो । कहिलेकाहीँ सुझावहरु कार्यान्वयन गराउनका लागि पब्लिक रुपमा पनि लेखेकै छु । हामीले दिएको सुझावलाई कहिलेकाहीँ कार्यान्वयन गर्न गठबन्धन भएको कारणले गर्दा गाह्रो होला तथापि हाम्रो सुझावलाई उहाँले मलाई लाग्छ सकरात्मक रुपमा लिनु भएको छ ।

देशको रानीति अब चुनावमयबन्दैै छ । नेपाली कम्युनिष्ट पार्टीमा आएको उथलपुथलका कारण कांग्रेस प्रतिपक्षबाट आफ्नै नेतृत्वमा सरकार पुगेको छ । चुनावमा जान भन्दा अगाडि कांग्रेसले गत निर्वाचनमा आफुले प्राप्त गरेको स्थान र गएको चुनाव देखि अबहुने चुनाव सम्मको अवधिलाई कसरी समिक्षा गर्छ वा गर्दैन ?

एउटा कुरा के हो भने, पार्टीगत स्वार्थ र व्यक्तिगत स्वार्थ लिएर निर्वाचनमा जानुहुदैन । मुुलुकको स्वार्थ र जनताको हितका लागि हामी निर्वाचनमा जाने हो । यो पाँच बर्ष भित्र के देखियो भने नेकपा एमाले र नेकपा माओवादी केन्द्रको गठबन्धन बन्यो । त्यो ब्यक्तिगत स्वार्थ र पार्टीगत स्वार्थको जगमा उभिएर जुन गठबन्धन बन्यो नेपाली जनताले मत दिए र नेपाली जनताको मतलाई अपमान गरे । व्यक्तिगत स्वार्थको कारणले गर्दा अहिले त्यो नेपाल कम्युनिष्ट पार्टी छिन्नभिन्न भयो । गएको निर्वाचनको अवस्थालाई हेरेर हामी प्रतिपक्षको रुपमा नै थियौं र हामी सत्ता पक्षमा आई पुगेको छौं । त्यसकारणले गर्दा मुख्य कुरा नेपाली जनताको जनादेश लाई अपमान हुने गरेर आफ्नो व्यक्तिगत निहित स्वार्थलाई राखेर निर्वाचनमा जानुहुदैन भन्ने पाठ कांग्रेसले सिक्नुपर्छ ।

अन्त्यमा केही भन्नु छ कि ?

अब “स्थानीयतहको चुनाव जेठ अगाडि नै हुन्छ । सबै पार्टीले स्थानीयतहको चुनावको लागि आ–आफ्नो तयारी गर्दा हुन्छ” । म कांग्रेस उप–सभापति भएको नाताले पनि भन्नचाहान्छु कि अब हरेक ठाउँमा पार्टीलाई सशक्तीकरण गर्दै लैजाने, टोल समिती गठन गर्ने र स्थानियतहको चुनावको तयारी गर्न यहाँहरु मार्फत नै अनुरोध गर्दछु ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);